BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १४, २०८३, ४:२८ मध्यान्ह
in FEATURE, चलचित्र
प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । एम थापाले निर्देशन गरेको चलचित्र ‘लालीबजार’ को एउटा लोकलयको गीतले यतिबेला युट्युबमा तरंग पैदा गरेको छ। चलचित्रमा समावेश ‘मै राम्री छु त नि’ बोलको गीतको छोटो अंशले मात्रै ३,८८,०९३ भन्दा बढी भ्यूज बटुल्दै दर्शकको मन जित्न सफल भएको हो।

बहुप्रतिभाशाली सर्जक प्रकाश सपूतको शब्द र संगीत रहेको यो गीतमा दीपिका बयम्बू मगरको स्वर रहेको छ। गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काको आकर्षक नृत्य र ऊर्जाले दर्शकलाई चलचित्र प्रति थप आकर्षित गरेको छ। निर्माता कम्पनी षट्कोण आर्ट्सले गीतको डेढ मिनेट मात्रै सार्वजनिक गरे पनि यसको चर्चा भने चौतर्फी छ। निर्देशक यम थापाका अनुसार गीतको बाँकी रौनक हेर्न भने दर्शकले चलचित्र नै कुर्नुपर्नेछ।

तर, यो गीत केवल नाचगानमा मात्र सीमित छैन। चलचित्रले समाजको एउटा निकै कठोर र संवेदनशील पाटो ‘नथिया प्रथा’ (कुमारित्व किनबेच) लाई पर्दामा उतार्दैछ। आमा र छोरीको हृदयविदारक भावनात्मक सम्बन्धलाई मुख्य कथा बनाइएको यस चलचित्रले ‘लालीबजार’ भित्रका लुकेका व्यथाहरूलाई उजागर गर्ने कोसिस गरेको छ।

वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा स्वस्तिमा खड्काको साथमा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल लगायतका पाका तथा आशालाग्दा कलाकारहरूको अभिनय रहेको छ। यसै चलचित्रबाट विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली रजतपटमा आफ्नो पाइला अगाडि बढाएका छन्।

निर्देशक यम थापा र प्रदीप भट्टराईको पटकथा लेखन रहेको यस चलचित्रमा शन प्रजापतिको छायांकन, मित्र डी. गुरुङको सम्पादन तथा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत रहेको छ । चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्मातामा छन् ।

Previous Post

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

Next Post

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

बैशाख १४, २०८३, ३:३४ मध्यान्ह
के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

बैशाख १४, २०८३, २:४३ मध्यान्ह
Next Post
दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: 'मितज्यू' को नयाँ गीतमा युवा आकर्षण

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
0

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
0

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।