BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

महोत्सवका चलचित्रमा सेन्सर सहजीकरणको माग: सात आयोजकले बुझाए सेन्सर बोर्डलाई ज्ञापनपत्र

विशेष अनलाइन by विशेष अनलाइन
पुस २१, २०८२, ९:३३ मध्यान्ह
in FEATURE, चलचित्र
महोत्सवका चलचित्रमा सेन्सर सहजीकरणको माग: सात आयोजकले बुझाए सेन्सर बोर्डलाई ज्ञापनपत्र
52
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपालका सात वटा प्रमुख चलचित्र महोत्सवका आयोजकहरूले महोत्सवमा प्रदर्शन गरिने चलचित्रहरूको सेन्सर प्रक्रियालाई सहज र झन्झटमुक्त बनाउन केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) सँग माग गरेका छन्। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलमा आयोजकहरूले कार्यविधिमा रहेका केही प्रावधानले भविष्यमा काम गर्न असहज हुन सक्ने भन्दै ध्यानाकर्षण गराएका हुन्। विशेष गरी ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि, २०८२’ को सातौँ बुँदामा रहेको महोत्सवका चलचित्र पनि जाँच गर्नुपर्ने व्यवस्थालाई हटाउन वा संशोधन गर्न उनीहरूले लिखित सुझाव दिएका छन्।

चलचित्रकर्मी केपी पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कार्यविधिको उक्त बुँदाले हाल काम गर्न तत्कालै बाधा नपुर्‍याए पनि भविष्यमा आयोजकहरूलाई अप्ठ्यारोमा पार्न सक्ने चिन्ता व्यक्त गरेको छ। पाठकका अनुसार, यो बुँदा पहिलेदेखि नै भए तापनि कार्यान्वयनमा जटिलता आउन सक्ने भएकाले समयमै संशोधनको माग गरिएको हो। छलफलमा किम्फ, निफ, ह्युमन राइट्स, वुमन, ग्रामीण, पामे र काठमाडौँ हरर फेस्टिभल जस्ता महत्वपूर्ण चलचित्र महोत्सवका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

छलफलका क्रममा बोर्डका अध्यक्ष एवं सञ्चार मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरले आयोजकहरूलाई आश्वस्त पार्दै वर्तमान कार्यविधिले कुनै रोकतोक नगर्ने स्पष्ट पारे। उनले उक्त बुँदा नयाँ नभई पहिलेदेखि नै चलचित्र नियमावलीमा रहेको जानकारी दिँदै कार्यविधिमा कुनै अप्ठ्यारो परे आफूले सहजीकरण गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष रानामगरले महोत्सव आयोजकहरूलाई कुनै पनि संशय नराखी ढुक्क भएर काम गर्न आग्रह समेत गरेका छन्।

समितिकी सदस्य सचिव ममता बास्तोलाले चलचित्रकर्मीहरूको सहजताकै लागि पुराना दर्जनौँ झन्झटिला प्रावधान हटाएर नयाँ कार्यविधि ल्याइएको बताइन्। उनले कतिपय चलचित्रकर्मीहरूले कुरा नै नबुझी हल्लाको पछि लाग्ने गरेको गुनासो गर्दै सेन्सरका विषयमा केही समस्या भए बाहिर हल्ला गर्नुभन्दा सिधै समितिमा आएर छलफल गर्न सुझाव दिइन्। बोर्डले चलचित्रकर्मीलाई दुःख दिने भन्दा पनि प्रक्रियालाई आधुनिक र सरल बनाउन खोजेको उनको दाबी थियो।

बोर्डका अन्य सदस्यहरू सम्पन्न श्रेष्ठ, कुबेर गिरी लगायतले अहिलेको सेन्सर बोर्ड इतिहासकै सबैभन्दा लचिलो र सहयोगी भएको दाबी गरे। उनीहरूले बोर्डका पदाधिकारी र कार्यविधि दुवै नयाँ भएको र काम गर्ने तौरतरिकामा व्यापक सुधार आएको बताउँदै १०–१५ वर्षअघिको चश्माले अहिलेको समितिलाई नहेर्न आग्रह गरे। सेन्सर बोर्डका विषयमा आएका गुनासोहरूलाई सम्बोधन गर्न र चलचित्र महोत्सवहरूलाई सफल बनाउन बोर्ड हरदम तयार रहेको उनीहरूको सामूहिक धारणा थियो।

Previous Post

सौगातलाई ‘दाइ’ भन्नु सृष्टिको ‘टङ स्लिप’, स्पष्ट पार्दै मागिन् माफी

Next Post

देशव्यापी प्रचारको लागि ‘बिगुल’ टोली कोशी प्रदेशमा: इटहरी जेसिजबाट अभियानको शुभारम्भ

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
देशव्यापी प्रचारको लागि ‘बिगुल’ टोली कोशी प्रदेशमा: इटहरी जेसिजबाट अभियानको शुभारम्भ

देशव्यापी प्रचारको लागि 'बिगुल' टोली कोशी प्रदेशमा: इटहरी जेसिजबाट अभियानको शुभारम्भ

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।