विशेष अनलाइन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको आवाजमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को शीर्षगीत ‘आम नेपाली बुवा’ युट्युबमा सार्वजनिक गरिएको छ।
आइतबार साँझ बालेनकै आधिकारिक युट्युब च्यानलमार्फत गीत रिलिज गरिएको हो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लाई आधार बनाएर र्याप शैलीमा गीत कम्पोज गरिएको छ।
गीतको र्याप गायन र शब्द बालेनकै हुन् भने दीक्षा उप्रेतीको कोरस गायन समावेश छ। बालेनले यो गीत हालै दिवंगत भएका आफ्ना बुवा डा. रामनारायण शाहप्रति समर्पित गरेका छन्।
यस गीतको मौलिक संगीतकार रञ्जित गजमेर हुन् भने ओर्जिनल गायक रविन शर्मा रहेका छन्। सार्वजनिक भिडियोमा चलचित्रका विभिन्न दृश्यहरू समावेश गरिएको छ।
अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा बनेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ४ पुसदेखि प्रदर्शनको तयारीमा छ। यसअघि बालेनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यही फिल्मको गीत ‘फसायो लमीले’ भने हाल ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको छ।









Discussion about this post