विशेष अनलाइन । लामो समयदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘काजी’ को प्रदर्शन मिति तोकिएको छ। निर्माण युनिटले शुक्रबार चलचित्रको फष्टलुक्स पोस्टर सार्वजनिक गर्दै आगामी चैत्र २७ गते यसलाई प्रदर्शनमा ल्याउने घोषणा गरेको छ।
रामप्रसाद रिजालको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा विपिन कार्की र केकी अधिकारी प्रमुख भूमिकामा छन्। सार्वजनिक फष्टलुक्समा पनि यी दुई कलाकारलाई देख्न सकिन्छ। पोस्टरको शैली हेर्दा ‘काजी’ पारिवारिक प्रेमकथा (लभस्टोरी) मा आधारित रहेको अनुमान गर्न सकिन्छ।
विपिन कार्की र केकी अधिकारीको जोडीसँगै चलचित्रमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्र निर्देशक लक्ष्मण रिजाल को ८ वर्षपछिको पुनरागमन हो। ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ जस्ता चलचित्र निर्देशन गरेका रिजालले यस पटक ‘काजी’ लाई निर्देशन गरेका छन्।
रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता राम प्रसाद रिजाल हुन्। चलचित्रमा कार्यकारी निर्माताको रूपमा असिम काफ्ले तथा निर्माताको रूपमा नेहान रिजाल र बिकाश राज जोशी रहेका छन्। ‘काजी’ को वितरणको जिम्मा श्रीराम बालाजी फिल्मस् ले लिएको छ।










Discussion about this post