BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home Uncategorized

कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर ७, २०८२, ९:०० मध्यान्ह
in Uncategorized
कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल
68
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेल यतिबेला आफ्नो नयाँ चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ लाई लिएर चर्चामा छन् । नेपाली चलचित्र उद्योगमा बजेट र स्टारडमका आधारमा चलचित्रलाई ‘सानो’ वा ‘ठूलो’ भनेर वर्गीकरण गर्ने बढ्दो प्रचलनलाई चुनौती दिँदै, उनले सार्वजनिक रूपमै आफ्नो चलचित्रलाई प्रदर्शनअघि ‘सानो सिनेमा’ नभन्न आग्रह गरिरहेका छन् ।

सामान्यतया, थोरै लगानीका चलचित्रहरूलाई ‘साना’ र स्थापित कलाकारसहितको ठूलो लागतका चलचित्रलाई ‘ठूलो’ भन्ने चलन छ । तर, पौडेलको बुझाइमा यो वर्गीकरणको कुनै अर्थ छैन । उनी भन्छन्, “कुनै पनि सिनेमा सानो वा ठूलो भन्ने कुरा रिलिज हुनुअघि कास्टिङ वा बजेटले होइन, बरु त्यसको बक्सअफिस कलेक्सनले मात्रै निर्धारण गर्छ ।” उनले चलचित्रको सफलता र असफलताको मापन रिलिजपछि मात्रै हुने कुरामा जोड दिएका छन् ।

यसै क्रममा, मंसिर १८ गते प्रदर्शन हुन लागेको चलचित्र ‘अभिमन्यु’ लाई पनि कतिपयले ‘सानो चलचित्र’ को कोटीमा राखेर हेरिरहेका छन् । प्रदर्शनअघि उपेक्षामा परेको उनको अघिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले रिलिजपछि बक्सअफिसमा इतिहास रचेको उदाहरण दिँदै,  निर्माता पौडेल भन्छन्, “स्टारकास्ट हुँदैमा ठूलो र स्टारकास्ट नहुँदैमा सानो चलचित्र भन्ने हुँदैन ।”

विनोद पौडेलले ‘अभिमन्यु’ लाई अन्डरडगहरू (उपेक्षामा परेका व्यक्ति) को चलचित्र भनेर परिभाषित गरेका छन् । यसमा दर्शकमाझ कमै चिनिएका तर अभिनयमा अब्बल कलाकारहरूको अभिनय रहेको छ । उनले स्टारकास्ट नभएको भन्दै चलचित्रलाई कम नआँक्न चेतावनी दिँदै, यसको कथा, अभिनय र प्रस्तुतिकरण बलियो रहेको दाबी गरेका छन् ।

सुशान्त गौतमको निर्देशन र मुकेश खनालको लेखनमा बनेको यो चलचित्र विनोद पौडेलले गुञ्जन गिरीसँगको सहकार्यमा निर्माण गरेका हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता छन् । चलचित्रमा कालेश्वर चौरसिया, सरिता गिरी, शिशिर वाङ्देल, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ र प्रकाश दाहाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

Previous Post

भुवन केसी निर्देशित ‘बाटुलो जून’ को छायाङ्कन सुरु

Next Post

लडाई पहिचानको’ प्रदर्शन स्थगित, कथामा राज्य हस्तक्षेप भएको निर्देशकको दुखेसो

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

कार्तिक १४, २०८२, ५:५५ मध्यान्ह
‘माइतीघर’को ट्रेलरमा प्रेम, संस्कृति र संघर्षको मिश्रण

‘माइतीघर’को ट्रेलरमा प्रेम, संस्कृति र संघर्षको मिश्रण

अशोज २, २०८२, ७:०२ मध्यान्ह
वरिष्ठ बलराम’ अब भाइटीकामा रिलिज

वरिष्ठ बलराम’ अब भाइटीकामा रिलिज

भदौ १२, २०८२, ७:४४ मध्यान्ह
चर्चा बटुल्दै ‘अभिमन्यु’, भोजपुरी स्वादलाई सकारात्मक प्रतिकृया

चर्चा बटुल्दै ‘अभिमन्यु’, भोजपुरी स्वादलाई सकारात्मक प्रतिकृया

भदौ ११, २०८२, १०:१२ मध्यान्ह

Spill Kasino Heile Natten På Chicken Roads – Norwegian Exclusive!

चैत्र २०, २०८१, ३:४१ मध्यान्ह
Next Post
लडाई पहिचानको’ प्रदर्शन स्थगित, कथामा राज्य हस्तक्षेप भएको निर्देशकको दुखेसो

लडाई पहिचानको’ प्रदर्शन स्थगित, कथामा राज्य हस्तक्षेप भएको निर्देशकको दुखेसो

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।