BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

भुवन केसी निर्देशित ‘बाटुलो जून’ को छायाङ्कन सुरु

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर ७, २०८२, ८:१४ मध्यान्ह
in FEATURE, चलचित्र
भुवन केसी निर्देशित ‘बाटुलो जून’ को छायाङ्कन सुरु
68
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्र उद्योगका सुपर स्टार भुवन केसीले लामो अन्तरालपछि निर्देशनमा पुनरागमन गरेका छन्। नराइज पिक्चर्स प्राली को ब्यानरमा निर्माण हुने नयाँ चलचित्र ‘बाटुलो जून’ को औपचारिक शुभसाइत शुक्रबार पाटनस्थित बगलामुखी मन्दिर मा सम्पन्न भएको छ। क्यामेरा र स्कृप्ट पूजासँगै निर्माण टोली चलचित्रको छायाङ्कनका लागि फ्लोरमा निस्केको छ। भुवन केसीको पछिल्लो निर्देशित चलचित्र ‘ड्रिम्स’ रिलिज भएको झन्डै १० वर्षपछि उनले यो चलचित्रमार्फत ‘एक्सन कट’ भन्दै पुनरागमन गरेका हुन्।

यो चलचित्र ग्रामीण परिवेशमा आधारित विशुद्ध प्रेमकथा रहेको निर्देशक भुवन केसीले बताएका छन्। चलचित्रमा भुवन केसी आफैं पनि प्रमुख अभिनयमा देखिनेछन्। मुख्य नायकको भूमिकामा भने उनका छोरा अनमोल केसी रहेका छन्। अनमोललाई अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले साथ दिनेछन्। यसबाहेक, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा को पनि अभिनय रहनेछ।

चलचित्रमा जोडिएपछि अभिनेता अनमोल केसीले पिता भुवन केसीका सफल चलचित्रहरू, जस्तै ‘चिनो’, ‘सम्झना’ र ‘कुसुमे रूमाल’ मा देखिएको लुक र भूमिकाको स्मरण गर्दै आफूलाई पनि त्यसै रूपमा पाएको बताए। घुमाउरो पाराले उनले यस चलचित्रमार्फत बुवाको विरासतलाई नयाँ ढंगले अगाडि बढाउने संकेत गरे। उनले यस चलचित्रमा आफ्नो बोली, भाषा र प्रस्तुतिमा भिन्नता ल्याइने बताउँदै सम्पूर्ण टिमको मिहिनेतले चलचित्रलाई सफल बनाउने विश्वास व्यक्त गरे।

‘बाटुलो जून’ लाई जीया केसी र भविष्य खड्का ले निर्माण गर्ने भएका छन्। निर्मात्री खड्का यसअघि सफल चलचित्र ‘जेरी अन टप’ को निर्मात्री समेत हुन्। चलचित्रको पहिलो चरणको छायाङ्कन ४५ दिनसम्म चल्ने तालिका छ। यसका लागि काठमाडौँ, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका सुन्दर स्थानहरूलाई छनौट गरिएको छ।

चलचित्रको लेखनमा सामिप्यराज तिमिल्सेना र सरिन पोखरेल को संयुक्त प्रयास रहेको छ। तेजबिक्सम केसी कार्यकारी निर्माता छन्। छायाङ्कनको जिम्मा राजेश श्रेष्ठ ले लिएका छन् भने कोरियोग्राफी रेनशा वान्तवा राई ले गर्नेछिन्।

Previous Post

चलचित्र ‘स्त्री’ को प्रदर्शन मिति घोषणा, फागुन २९ गतेदेखि देशभर प्रदर्शन हुने

Next Post

कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
Next Post
कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

कास्टिङ र बजेटले मात्रै चलचित्र ठूलो हुँदैन: विनोद पौडेल

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।