विशेष अनलाइन । नेपाली चलचित्र ‘लडाईं पहिचानको’ ले आफ्नो प्रचार प्रसारलाई तीव्र बनाउँदै नयाँ गीत ‘दश औला’ सार्वजनिक गरेको छ। रोदा राई र मनोज दाहालको स्वर रहेको यस गीतमा डिप्सन लिम्बु (डिलेन) को संगीत र राज हाङ आङ्बोको शब्द समावेश गरिएको छ। राजु कार्कीले एरेन्ज गरेको यो गीतलाई साजन शाहले थ्रीएस स्टुडियोमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन्। यो गीतले चलचित्रको प्रेमिल तथा जातीय पहिचानको विषयवस्तुलाई प्रतिनिधित्व गरेको छ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू इन्डियन आइडल विजेता तथा अभिनेता प्रशान्त तामाङ र अभिनेत्री जेनी घिसिङ को प्रेमकथा र नृत्यलाई प्राथमिकता दिइएको छ। भिडियोमा लिम्बू जातीय पहिरनमा सजिएका छन्। चलचित्रमा प्रशान्त तामाङ र जेनी घिसिङसहित नेपाली चलचित्र उद्योगका कलाकारहरूको बलियो उपस्थिति रहेको छ।
चलचित्रमा प्रशान्त तामाङ, करिश्मा मानन्धर, धिरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, राजेन्द्र खड्गी, सुरवीर पण्डित, किश्वर सम्बाहाम्फे लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। यस्तै, रोशन शर्मा, सुभाष योञ्जन, पारसुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी बिष्ट, दिनेश कोइराला, कविता राई, त्सेरिङ लामा, नविन म्याङ्बो, दाम्बर कुमारी लिम्बु, पाबी टेम्बे, वर्षा राजभण्डारी तामाङ र सुदीप लिम्बु लगायतका कलाकारहरूको अभिनय रहेको छ।










Discussion about this post