विशेष अनलाइन । रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमकाबिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रका केही मुख्य अंश समेटिएको छ । जुन आकर्षक र दर्शक लोभ्याउने छ । उपासनासिंह ठकुरी, प्रकाश सपुत, धीरज मगर, केदार घिमिरे, श्यामाश्री शेर्पा लगायत देखिएका छन् ।
चलचित्रमा केदार, धिरज, प्रकाश, उपासनाको अलवा श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ ।
दसैँको फूलपाती अर्थात १३ असोजमा रिलिज हुने चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायाङ्कन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन छ ।
मिलन तामाङको निर्देशन रहेको चलचित्र रविन शेरचन र धिरज तामाङको लगानीमा बनेको हो । ईश्वर श्रेष्ठ र निरज कटुलाल फिल्मका कार्यकारी निर्माता हुन् ।












Discussion about this post