विशेष अन्लाइन । प्रतिक्षित चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ अब आगामी कात्तिक २१ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । यसअघि असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र जेनजी आन्दोलनका कारण पछि सरेको हो । निर्माण युनिटले नयाँ प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको आकर्षक पोस्टर पनि सार्वजनिक गरेको छ ।

निर्देशक उपेन्द्र सुब्बाका अनुसार, जेनजी पुस्ताको आन्दोलनका कारण प्रचारप्रसारका लागि पर्याप्त समय नपुगेकाले चलचित्रको प्रदर्शन मिति सारिएको हो । दर्शकमाझ उत्सुकता जगाइरहेको यस चलचित्रको नयाँ प्रदर्शन मितिले दर्शकहरूलाई थप प्रतिक्षामा राखेको छ ।
कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा नेपाली फिल्मका लोकप्रिय कलाकारहरू दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल लगायतको सशक्त अभिनय रहेको छ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘जारी २ : सङ अफ च्याब्रुङ’ का निर्माताहरूमा रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ रहेका छन् ।









Discussion about this post