BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

लकडाउनमा गर्भवती बनेका अभिनेत्रीहरु

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ ३, २०७८, ९:०४ बिहान
in FEATURE, गसिप
लकडाउनमा गर्भवती बनेका अभिनेत्रीहरु
145
SHARES
Share on FacebookShare on Twitter

इटहरी  /  देश कोरोना भाइरस महामारीको चपेटामा छ । सबैजसो क्षेत्र यस समय ठप्प छन् । कोरोना भाइरसले धेरै क्षेति पुर्याएका क्षेत्रहरु मध्य एक हो सिने नगरी । सिने नगरीका अधिकांश कलाकारलो आफ्नो रोजीरोटी नै गुमाएका छन् । तर यसै क्षेत्रका केही अभिनेत्रीहरुलाई भने कोरोना भाइरसका कारण जारी लकडाउन राम्रै अवसर बनेको छ भन्दा फरक नपर्ला । नेपाली सिने नगरीका केही अभिनेत्रीहरु यतिबेला गर्भवती छन् । उनिहरुले लकडाउको फाइदा उठाएका हुन् या अवस्था आफै सृजना भएको हो त्यो उनिहरुलाई नै थाहा छ, तर जे भए पनि सिनेनगरी चलमलाउन सुरु गर्दासम्म उनिहरु सन्तान हुर्काउदै आफ्नो कामलाई निरन्तरता दिने तयारीमा भने पक्कै छन् ।

अभिनेत्री प्रियंका कार्की, गरिमा पन्त, ऋचा शर्मा र रक्षा श्रेष्ठ यतिबेला सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । यि गर्भवती अभिनेत्रीहरुमध्य निकै चर्चामा छिन् अभिनेत्री प्रियंका कार्की । दैनिक जसो बिभिन्न शैलीमा आफु गर्भवती भएको तस्विर सार्वजनिक गरेकै कारण उनी चर्चामा त छिन् नै आलोचना र ट्रोलको सिकार पनि भइरहेकी छिन् । तर काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने उखान जस्तै, जस्ले जस्तो प्रतिकृया दिए पनि उनी आफ्नै दुनियाँमा रमाइरहेकी छिन् । बेबी बम्प गरेको कारणले भन्दा पनि अभिनेत्री कार्की पश्चिमा संस्कृतीको नक्कलका कारण ट्रोल र आलोचनाको सिकार बन्ने गरेकी छिन् ।

यस्तै पछिल्लो समय चर्चामा रहेकी अर्की गर्भवती अभिनेत्री हुन् गरिमा पन्त । उनी नेपाली चलचित्र नगरीबाट गुमनाम भइसकेकी छिन् भन्दा फरक पर्दैन । किनभने उनी करिव ५ वर्ष देखी सिने नगरीमा देखिएकी छैनन् । अभिनेत्री पन्त आफ्ना श्रीमानका साथमा अमेरिकामा बस्दै आएकी छिन् । सामाजिक सञ्जालमा प्रियंका पछी बेबीबम्प तस्विर सार्वजनिक गर्ने अभिनेत्रीमा पर्छिन उनी । अभिनेत्री पन्तले पनि दैनिक जस्तो आफ्नो आगान्तुक सन्तानका साथ तस्विर सार्वजनिक गर्ने गरेकी छिन् । उनले पछिल्लो समय पोष्ट गरेको तस्विरलाई आधार मान्दा अभिनेत्री पन्त गर्भवती भएको ७ महिना पुरा भएको छ, र अबको केही महिना भित्रमा उनी आमा बन्दै छिन् । नेपाली सिने नगरीबाट बिलाएकी अभिनेत्री पन्तलाई आगन्तुक सन्तानले यतिबेला पुन एक पटक चर्चामा आउने अवसर जुटाइदिएको छ ।

यस समय आफ्नो सन्तानलाई संसार देखाउन प्रतिक्षा गरिरहेकी अर्की अभिनेत्री हुन् ऋचा शर्मा । उनले अभिनय गरेका अधिकांश चलचित्रले नेपाली दर्शकको मन जित्न सकेका छैनन् । तर, नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको निर्णायकको भुमिकामा भएका कारण पनि उनी यतिबेला चर्चामा रहेकी छिन् । केही समय अघि अभिनेत्री प्रियंका कार्कीसँग भेटेर उनले आफ्नो गर्भवती तस्विर र्सावजनिक गरेकी थिइन् । अभिनेत्री प्रियंका कार्की र गरिमा पन्तको तुलनामा ऋचा शर्माको भने कम चर्चा हुने गरेको छ । सयद उनले तडक भडक सहितको तस्विर सार्बजनिक नगरेका कारणले पनि उनको चर्चा काम भएको हो भन्दा फरक नपर्ला ।

यस समयमा सन्तानको प्रतिक्षामा रहेकी अर्की अभिनेत्री हुन् रक्षा श्रेष्ठ । उनलाई हास्य कलाकार भन्दा पनि फरक नपर्ला । नेपाल् चलचित्रमा अभिनय नगरे पनि हास्य टेलिश्रृंखला सक्कि गो नी र बिभिन्न म्यूजिक भिडियोमा काम गरेर अभिनेत्री श्रेष्ठले धेरै फ्यान फलोइङ कमाएकी छिन् । धेरै मानिसलाई त उनी गर्भवती नहुदा सम्म बिवाहित हुन् भन्ने कुरा पनि थाहा थिएन । यसै लकडाउनको समयमा अभिनेत्री श्रेष्ठ पनि आमा बन्ने तयारीमा छिन् । अन्य अभिनत्रीहरुको तुलनामा रुक्षाको चर्चा पनि खासै हुने गरेको छैन । पछिल्लो समय रक्षाले पनि सामाजिक सञ्जालमा आफु गर्भवती भएको तस्विर भने सार्वजनिक गरेकी छिन् ।

Tags: Newsऋचा शर्मागरिमा पन्तप्रियंका कार्कीरक्षा श्रेष्ठ
Previous Post

स्वरुपाको गीत ‘जसलाई मैले’मा महिलाको बेदना (भिडियाेसहित)

Next Post

कोरोना पीडितलाई अभिनेता पुष्पको सहयोग

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
कोरोना पीडितलाई अभिनेता पुष्पको सहयोग

कोरोना पीडितलाई अभिनेता पुष्पको सहयोग

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।