विशेष अनलाइन । चर्चित टिकटकर आभा ढुंगाना चलचित्र ‘कश्यप’ मा अनुबन्धित भएकी छन् । चलचित्र ‘कश्यप’ मार्फत उनले अभिनयमा डेब्यु गर्न लागेकी हुन् । निर्देशक दिनेश जी खड्काले चलचित्रका लागि आभालाइ अनुबन्धको गरेको जानकारी दिए । कथाअनुसार पात्र छनोटको अडिसनमा आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखेर चलचित्रका लागि छानिएको निर्देशक खड्काले बताए ।
चलचित्रमा छनोट भएसँगै आभा चलचित्रको एक्सन दृश्यका लागि विशेष प्रशिक्षणमा समेत जुटेकी छन् । चलचित्रमार्फत बालकलाकार रिद्दी खत्रीले पनि नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छन् । उनी पनि अडिसनमार्फत चयन भएकी हुन् ।
‘चलचित्रको कथा, गीत–संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मिहिनेत गरिरहेको छ । मलाई विश्वास छ कश्यपले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ,’ छनोटपछि ढुंगानले भनिन् ।
चलचित्रको केही अगाडि फस्ट लुक्स सार्वजनिक गरिएको थियो ।जसमा अभिनेता सविन श्रेष्ठ देखिएका थिए । एक्सन, प्रेम र म्युजिक विषयमा निर्माण हुने चलचित्रको छायांकन तयारी भइरहेको छ । चलचित्रको छायांकन डेट र अन्य कलाकार केही दिनमा सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ ।









Discussion about this post