विशेष अनलाइन । नेपाली चलचित्र ‘पीआर’ को रेड कार्पेट प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाको सिड्नी र न्यू कासल शहरमा भव्य रूपमा सम्पन्न हुने भएको छ।
निर्माता प्रदीप दाहाल र लक्ष्मण सापकोटाको संयोजनमा बनेको यो चलचित्रले विदेशिएका नेपाली युवाहरू र उनीहरूका परिवारबीचको भावना र संघर्षको मार्मिक चित्रण गरेको छ। निर्देशक बस्नेतका अनुसार, हाल अष्ट्रेलियाका विभिन्न सहरहरूमा फिल्म ‘पीआर’ प्रति दर्शकहरूको चासो र उत्सुकता उल्लेखनीय रूपमा बढेको छ।
प्रिमियर कार्यक्रम अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमा र १२ मा न्यू कासलको रिडिङ सिनेमामा आयोजना हुने बताइएको छ। यो कार्यक्रम आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा हुँदैछ।
चलचित्रमा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको छायांकन ६० प्रतिशत अष्ट्रेलियामा र बाँकी नेपालमा सम्पन्न गरिएको छ। छायांकन सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)ले गरेका हुन् भने, सम्पादन बन्दे प्रसादको छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित चलचित्रको पटकथा तथा संवाद लेखक गणेश बुढाथोकी हुन्। संगीत मानस राज र भीम बीसीले तयार गरेका छन् भने नृत्य निर्देशनमा रामजी लामिछानेले योगदान दिएका छन्।
‘पीआर’ले नेपाली युवाहरूले विदेशमा भोग्ने व्यावहारिक जीवन, संघर्ष, अभाव र उनीहरूका परिवारजनको भावनात्मक पक्षलाई पर्दामा उतार्ने प्रयास गरेको छ। निर्देशक बस्नेतले चलचित्रलाइ चाँडै विश्वव्यापी रूपमा प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।









Discussion about this post