BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मिस्टर नेपाल बन्नु अघिनै आदेश प्रधानलाई चलचित्र र म्युजिक भिडियोमा अफर

विशेष अनलाइन by विशेष अनलाइन
भदौ ५, २०८१, १:०७ मध्यान्ह
in FEATURE, अन्य
मिस्टर नेपाल बन्नु अघिनै आदेश प्रधानलाई चलचित्र र म्युजिक भिडियोमा अफर
304
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । रियलमी ‘मिष्टर नेपाल २०२४’मा धरानबाट सहभागी आदेश प्रधानको मिस्टर नेपाल बन्नु अघिनै चर्चा चुलिएको छ । प्रधानलाई नाम चलेका चलचित्र निर्देशक,निर्माता तथा कलाकारहरुको राम्रो साथ मिलेको छ । उनीहरुले सामाजिक सञ्जालमा आदेशको फोटो शेयर गर्दै अग्रिम बधाई तथा शुभकामना साथै भोटको अपिल गरिरहेका छन् । चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजाकुमार राईले प्रधानको फोटो शेयर गर्दै उनलाई सपोर्ट गर्दै भोट गर्न समेत अपिल गरेका छन् । उनले चलचित्र क्षेत्रमा स्थापित गर्न आफ्नो क्षेत्रबाट पूर्ण सहयोग रहने बताएका छन् ।

निर्देशक मिलन चाम्सले आदेशको फोटो शेयर गर्दै उनलाई जितको शुभकामना व्यक्त गरेका छन् । निर्देशक चाम्सले आदेश चलचित्र क्षेत्रमा राम्रो संभावना बोकेर भित्रिन सक्ने बिचार व्यक्त गरेका छन् ।

छक्का पञ्जा ५ की निर्देशक तथा कलाकार दीपाश्री निरौला, नायिका मिरुना मगर, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, कलाकार तथा निर्देशक रमेश बुढाथोकी, कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खडका, निर्देशक ऋषि लामिछाने, ओएसआर डिजिटलका प्रबन्धक ओम अग्रवाल, निर्देशक सुदर्शन थापा, निर्देशक माधव घिमिरे निर्माता संघका कोषाध्यक्ष ज्योतिराज राई, नायक सबिन श्रेष्ठ, गायक श्रीकृष्ण लुईटेल लगायत अन्य धेरैले प्रधानलाई जितको शुभकामना व्यक्त गर्दै उनको फोटो शेयर गरेर भोटको अपिल गरेका छन् ।

कोशी प्रदेशबाट पनि धेरैले उनलाई शुभकामना व्यक्त गरेका छन् । कलाकार संघ कोशी प्रदेशका उपाध्यक्ष दिनेश कोईराला, निर्देशक केशव रायमाझी, ईन्द्र परियार, बिजय सुब्बा, हिमाल दहाल, लाखमान योन्जन, भिम लामा लगायत दर्जनौ चलचित्रकर्मीहरुले प्रधानलाई शुभकामना व्यक्त गरेका छन् ।

आदेश चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष, नेपाल चलचित्र निर्देशक समाजका केन्द्रिय महासचिव, चलचित्र निर्देशक तथा निर्माता अरुण कुमार प्रधानका जेठा छोरा हुन् । स्कुल तह डिपोट सेकेन्डरी बाट एसईई उतीर्ण गरेर धरान उच्चबाट  प्लस २ पास गरेका आदेशले इटहरी इन्टरनेशनल कलेजबाट ब्याचलर इन इन्फर्मेशन टेक्नोलोजी गरेका छन् । आदेशलाई मिस्टर नेपाल बनाउन दिलोज्यानले लागी परेका बुवा निर्देशक अरुण कुमार प्रधान आदेशले मिस्टर नेपालको उपाधी जित्नु अघिनै चर्चामा रहेको बताए । प्रधानले आदेशका लागि केही चलचित्र तथा म्युजिक भिडियोबाट अफर समेत आइसकेको खुलासा गरेका छन् ।

महानायक राजेश हमाललाई अधिकांश म्युजिक भिडियो खेलाएर चर्चामा आएका म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष देवेन्द्र पाण्डेले म्युजिक भिडियोको लागि आदेशलाई प्रस्ताव गरेको बताइएको छ । अन्य केही निर्देशकहरुले म्युजिक भिडियो र चलचित्रमा डेव्यु गराउने विषयमा कुराकानी भएको निर्देशक प्रधानले जानकारी दिएका छन् । प्रधानले मिस्टर नेपालको प्रतिस्पर्धा पछि आवश्यक तालिम गराएर अझै पोख्त बनाए पछि मात्र चलचित्र क्षेत्रमा आदेशलाई अघि बढाउने बताए । मिस्टर नेपालमा देशै भरिका जम्मा ३८ प्रतिस्र्पधी सहभागी छन् । हाल उनिहरुको विभिन्न चरणको तालिम भइरहेको छ । तालिमको मुख्य प्रशिक्षकमा मोडल तथा कलाकार प्रशान्त ताम्रकार रहेका छन् । यसको ग्रान्ड फिनाले यही अगस्ट २४ (भाद्र ८) गते सोल्टी होटलमा आयोजना हुदैछ ।

Previous Post

चलचित्र ‘नरसिंहा अवतार’ मा भिलेनको रुपमा भित्रीए प्रशान्त ताम्राकार

Next Post

प्रिमियर सो बाट चुलियो ‘सतीदेवी’को चर्चा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post

प्रिमियर सो बाट चुलियो ‘सतीदेवी’को चर्चा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।