विशेष अनलाइन । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘नरसिंहा अवतार’ मा प्रशान्त ताम्राकार भित्रीएका छन् । चलचित्रको प्रमुख भिलेन (खलनायक)को भूमिकाका लागि अभिनेता ताम्राकारले चलचित्रमा साइन गरेका हुन् ।
स्टारकास्टको हिसाबले चलचित्र ‘नरसिंहा अवतार’मा रोचक हुने देखिएको छ । अघिल्लो पुस्ताका राजेश हमालदेखि पछिल्लो पुस्ताका सनिशा भट्टराई सम्मका कलाकार चलचित्रमा रहेका छन् । एकातिर हमाल र अर्कोतिर ताम्राकार, नायक र खलनायक चरित्रका यी दुई कलाकारको जुगलबन्दी रोचक हुन छ सक्ने देखिएको छ ।
निर्देशक भट्टराईले मंगलबार ताम्राकारसँग लिखित सहमति भएको बताए । अघिल्लो चलचित्र ‘ऐश्वर्या’मा पनि दिवाकर र प्रशान्तले सहकार्य गरेका थिए । त्यसमा पनि प्रशान्तले भिलेनको चरित्र निर्वाह गरेका थिए ।
भदौ देखि छायांकन हुने चलचित्र ‘नरसिंहा अवतार’मा नीति शाह र सरोज खनाल पनि अनुबन्धित भइसकेका छन् ।
Discussion about this post