विशेष अनलाइन । बाबु साहेब बलामीको निर्देशनमा बन्न लागेको चलचित्र ‘माइली’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा शुभसाइत गरिएको छ । चलचित्रको शुभसाइतमा चलचित्रका कलाकार र प्राविधिकको उपस्थिति रहेका थियो ।
शुभसाइतमा नायिका प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले चलचित्रका लागि साइत सट दिएका थिए । चलचित्रका प्रियंका र कमला आमा छोरीको भूमिकामा देखिनेछन् ।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रमा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा,आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहनेछ ।
चलचित्र ‘माइली’मा ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथालाइ उठान गर्ने निर्देशक बलामीले बताए ।
मंगलबारबाट छायाङ्कन सुरु गरिएको छ । मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा चलचित्रको छायङ्कन हुने खिचिने निर्माण टिमले जनकारि दिए ।चलचित्रमा शंकर अधिकारी ‘घायल’ को गीत र राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, समीर मियाँको सम्पादन रहनेछ ।
Discussion about this post