विशेष अनलाइन । वानएक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार तथा युट्युबरलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
यस भन्दा पहिले दुइ पटक म्याद थप भइसकेको छ । आइतबार तेस्रोपटक म्याद थप गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
गत जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो),बेगम नेपाली (भटभटे माइला) तथा युट्युबरहरु एलिश राई, जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जीडी) लाई पक्राउ गरेको थियो ।
यता युट्युबर राजकुमार तामाङलाई पनि प्रहरीले वानएक्स बेट प्रकरणमा नै पक्राउ गरी अनुसन्धान सुरु गरेको बताइएको छ ।
Discussion about this post