बिशेष अनलाइन । थारु चलचित्र तथा सास्कृतिक संघ जिल्ला सुनसरीले पहिलोपटक जितिया महोत्सव २०७८ आयोजना गर्ने भएको छ । आज थारु कल्याकारीणी भवन झुम्कामा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी दिइएको छ । महोत्सव यही असोज १३ गते बुधवार हुने आयोजक थारु चलचित्र तथा सास्कृतिक संघ जिल्ला सुनसरीकी अध्यक्ष कलाकार जानकी चौधरीले जानकारी दिइन् ।
थारु चलचित्र तथा सास्कृतिक संघ केन्द्रिय अध्यक्ष पर्शुराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा महोत्सवको बारेमा सम्पूर्ण जानकारी गराइएको थियो । थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व जितिया पर्वलाई सफलतापुर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष चौधारीको भनाई थियो ।
थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउने यो पर्व महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व मन्न सकिने केन्द्रिय अध्यक्ष पर्शुराम चौधरीको भनाई छ । थारु चलचित्र तथा साँस्कृतिक संघले केन्द्रमा मनाउदै आएको यो महोत्सव प्रदेश १ मा पहिलो पटक आयोजना हुन लागेको केन्द्रिय अध्यक्ष चौधरीले पुष्टी गरेका छन् ।
थारु संस्कृतिको बिकास गराइ ,एकता सदभाव कायम गराउदै बहु संस्कृति, बहु भाषिक , बहु धार्मिक देश नेपाल को संस्कृति सरक्षण गर्दै भावी पिढिलाई पहिचान ,प्रथा परम्परा जोगाउनकै लागि जितिया महोत्सव आवश्यक रहेको चौधरीको भनाइ छ ।
असोज १३ गते बिहान १० बजे देखी झुम्का स्थित म्याजिक सिनेमाहल छेउमा हुने कार्यक्रममा थारु आदिबासीको भेषभुषामा झाकी , र्याली सहित पुर्वान्चलकै चर्चित गायक गायिकाहरु अनुमा चौधरी ,सुनिल चौधरी ,राजेन्द्र खा ,निकिता थारु ,गीता चौधरी ,अभिराम चौधरी , भगवानवती राजाधामी , सुमिता सरदार र प्रजेश कङगोइले प्रस्तुती दिने आयोजकले जनाएको छ ।
जितिया पर्व ठाउ“ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । तर चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ । सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भनिन्छ ।
जितिया ब्रत दुई किसिमको हुन्छ– साधारण र खर जितिया । सप्तमीको बिहान ब्रतालुहरु नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउ“छन् । नुहाइसकेपछि अलिकति तोरीको पिना घिरौलाको पातमा राखेर खोलामा बगाउने चलन छ । तर अचेल घिरौलाको पातको सट्टा कर्कलाको पात पनि प्रयोग गर्ने परम्परा बढ्दै गएको छ ।
Discussion about this post