BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

विशेष अनलाइन by विशेष अनलाइन
असार १७, २०७८, ६:५० मध्यान्ह
in FEATURE, अन्य
कलाकार, जो फुटबलमा निकै चासो राख्छन्
1.3k
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । बिश्व यतिबेला फुटबलमय बनेको छ । फुटबल धेरै मानिसको प्रिय खेल मानिन्छ । यस समय फुटवलका लागि बलिया मानिएका देशहरु यूरोकप तथा कोपा अमेरिकामा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालीले समर्थन गरेका केही राष्ट्रहरु प्रतियोगिताबाट बाहिरिसकेका छन् भने केही राष्ट्रहरु उपाधी होडमा छन् ।

यस समय फुटबलका कारण सामाजिक सञ्जाल निकै तातिएको छ । आफुले समर्थन गरेको राष्ट्रको जितमा खुशी ब्यक्त गर्ने र समर्थन भन्दा बाहिरको देशको हारमा अक्रोसका साथै खिल्ली उडाउने सम्मको कार्य सामाजिक सञ्जालमा हुने गरेको छ ।

नेपालका कलाकाकारहरु पनि बिभिन्न राष्ट्रको समर्थन तथा बिरोधमा सामाजिक सञ्जालमा प्रतिकृया जनाइरहेका हुन्छन् । हाल चलिरहेका फुटबल प्रतियोगितामा कुन कलाकार कसरी रमाइरहेका छन्,समेट्ने प्रयास गरेका छौँ ।

pramod kharel

प्रमोद खरेल
हालको फुटबल खेललाई नजिकबाट नियालीरहेका कलाकारहरु मध्य एक हुन्, प्रमोद खरेल । उनले कुनै पनि राष्ट्रको समर्थन वा बिरोध नगरे पनि फुटबलको बिषयमा सामाजिक सञ्जालमा प्रतिकृया भने दिइरहेका हुन्छन् । केही समय अघिमात्र गायक खरेलले अर्जेन्टिनाका स्टार फर्वाड लियोनल मेस्सी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डो प्रति सम्मानभाव प्रकट गर्दै आफ्ना भनाई राखेका थिए ।

उनले दुबै प्रतियोगिताबाट दुबै खेलाडी छिटै नबाहिरिउन् भन्दै कामना समेत गरेका थिए । तर, यूरोकप प्रतियोगिताबाट रोनाल्डोको टिम बाहिरिसकेको छ भने मेस्सीको टिम कोपा अमेरिकाको अन्तिम आठमा प्रवेश गरेको छ । गायक खरेलले यूरोकपबाट बाहिरिएका राष्ट्रहरुका विषयमा पनि सामाजिक सञ्जालमा आफ्नो प्रतिकृया दिएका छन् ।

Dipendra lama

दिपेन्द्र लामा
बिश्व फुटबललाई नजिकबाट नियालिरहेका अर्का कलाकार हुन् निर्देशक दिपेन्द्र लामा । क्रिकेट होस वा फुटबल, अथवा त्यस दौरानमा भएका विविध घटनाक्रमहरुलाई निर्देशक लामा नजिकबाट नियाल्ने गर्छन्, र मनमा लागेका कुरा सामाजिक सञ्जाल मार्फत व्यक्त गर्ने गर्छन् । कलाकारले हरेक क्षेत्रको जानकारी राख्नुपर्छ भन्ने धारणा उनीमा छ ।

केहीसमय अघि मैदानमा एक्कासी घाइते हुन पुगेका डेनिस खेलाडी क्रिस्टियन एरिक्सनका बिषय देखी रोनाल्डोको कोकाकोला बिवाद सम्मका फुटबल प्रतियोगिता दौरानमा भएका घटनाक्रमहरुलाई निर्देशक लामाले नियालेका छन् र आफ्नै शैलीमा प्रतिकृया जनाएका छन् । उनले भारतिय च्यानलमा इङ्ल्याण्ड र जर्मनीको खेलका दौरान टिप्पणीकारले निष्पक्ष टिप्पणी नगरेको भन्दै व्यंग्य गरेका छन् ।

pradip bhattarai

प्रदिप भट्टराई
निर्देशक प्रदिप भट्टराई पनि यस समय फुटबलमा रमाइरहेका छन् । कमेडी च्याम्पियनका निर्णायक समेत रहेका निर्देशक भट्टराईले पनि फुटबल सँग सम्बन्धित बिषयहरुमा आफ्नै ढंगले प्रतिकृया दिइरहेका हुन्छन् । खेलका समय भएका घटनाक्रमहरुमा लागेका मनका कुराहरु उनी तत्काल सामाजिक सञ्जाल मार्फत व्यक्त गर्ने गर्छन् ।

उनले लेखेका स्ट्याटसहरुलाई हर्ने हो भने प्रष्ट हुन्छ,उनले जर्मनीलाई समर्थन गरेका थिए । इङ्ल्याण्डसँग जर्मनीले अप्रत्यासित हार व्यहोरेपछि निर्देशक भट्टराईले कमेडी शैलीमा प्रतिकृया जनाभएका छन् । उनले भनेका छन् “चाडै सुत्न दिनु पनि ठुलो धर्म हो” ।

dipak nacharya

दिपक आचार्य
जल्दोबल्दो विषयमा आफुलाई जानकार राख्ने कलाकारहरु माध्यका एक हुन् निर्देशक तथा कलाकार दिपक आचार्य । बिश्व फुटबलमा भएका घटनाक्रमहरुलाई पनि निर्देशक आचार्यले नजिकबाट नियालिरहेका छन् । डेनिस खेलाडी क्रिस्टियन एरिक्सनको स्वस्थ्यलाभको कामना गर्नुका साथै फुटबल खेल दौरान भएका घटनाक्रमप्रति सामाजिक सञ्जालमा आफ्नै शैलीमा टिप्पणी गरिरहेका हुन्छन् ।

निर्देशक आचार्यले स्टार फर्वाड एमबाप्पे पेनाल्टीमा गोल गर्न चुकेका कारण फ्रन्स प्रतियोगिताबाट नै बाहिरिन पुगेको विषयमा पनि टिप्पणी गरेका छन् । उनले आफ्नो मनमा पहिले नै एम्बाप्पेले गोल गर्दैनन् जस्तो लागेको कुरा बताएका छन् ।

jitu nepal

जितु नेपाल
कलाकार जितु नेपाल यस समय सिन्धुपाल्चोकका बाढीपीडितका लागि सहयोग रकम संकलन गर्ने कार्यमा व्यस्त छन् । उनी सिन्धुपाल्चोक बासी भएकै कारण पनि पीडितको आँशु पुछ्न उनी लागि परेका छन् । उनले हाल भइरहेको फुटबल प्रतियोगिता हेरेका छन् या छैनन् यस बिषयमा उनले कुनै पनि प्रतिकृया सामाजिक सञ्जालमा दिएका छैनन् । फुटबल हेरे पनि नहेरे पनि उनी प्रतियोगितालाई नजिकबाट नियालिरहेका छन् ।

कलाकार जितु नेपालले एमबाप्पे पेनाल्टीमा चुकेको कुरालाई आफ्नो जिवनको भोगाइसँग तुलना गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, “हाम्रो जीवन एमबाप्पेको खेल जस्तै हो । कहिले एउटै खेलमा दुई गोल, कहिले पेनाल्टीमा पनि छैन । त्यसैले सुखमा नमात्तिउँ,दुखमा नआत्तिउँ । सधै उत्कृष्ट खेल लेल्ने प्रयास गरौँ । गोल त आखिर हुनपनि सक्दोरहेछ नहुनपनि सक्दोरहेछ”।

rajarajendra pokharel

राजाराजेन्द्र पोखरेल
नेपालको खेल होस या अन्य कुनै देशको । क्रिकेट,फुटबल होस वा अन्य कुनै प्रतियोगिता । राजाराजेन्द्र पोखरेल त्यस प्रतियोगितालाई नजिकबाट नियाल्ने गर्छन् र प्रतिकृया जनाउने गर्छन् । हाल भाइरहेको विश्व फुटबल प्रतियोगितामाबाट उनी टाढा हुने कुरै आउदैन । हाल भइरहेका यूरोकप तथा कोपा अमेरिका दुबै प्रतियोगितालाई नजिकबाट नियालिरहेका छन् पोखरेलले । उनी फुटबल प्रतियोगिता दौरान भएका घटनाक्रमहरुलाई तत्काल सामाजिक सञ्जाल मार्फत व्यक्त गर्ने गर्छन ।

उनको सामाजिक सञ्जाल यतिबेल फुटबल गतिबिधिले नै भरिएको छ । यस्ले गर्दा पनि उनले कुनैपनि प्रतियोगिता नछुटाई हेर्ने गरेका छन् । देश तथा बिदेशका स्टेज कार्यक्रमहरुमा आफुलाई व्यस्त राख्ने पोखरेलाई लकडाउनका कारण समय कटाउन हालका अन्तराष्ट्रिय प्रतियोगिताहरु निकै फलदायी भएको छ ।

क्रिष्टियानो रोनाल्डोको देश पोर्चुगल बेल्जियमसँगको अप्रत्यासित हारसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ । रोनाल्डोले पराजय भोगेको विषयमा पोखरेलले भनेका छन् “रोनाल्डो हारेर बिच्केकाहरु मेस्सीको हारको कामना गर्दैछन् । आफ्नो जित भन्दाबढी अर्काको हारमा रमाउने बानी नै नेपालीको दुखको कारण हो”।

badri pangeni

बद्री पंगेनी
लोक तथा दोहोरी गायक बद्री पंगेनी पनि फुटबलमा निकै चासो राख्ने गर्छन् । हाल भइरहेका यूरोकप तथा कोप अमेरिकाका हरेक प्रतियोगिताहरुलाई गायक पंगेनीले हेर्ने गरेका छन् । हेर्नेमात्र हैन उनलाई प्रतियोगिता दौरान मनमा लागेका कुराहरु पनि उनी तत्काल सामाजिक सञ्जालमा व्यक्त गर्ने गर्छन् । उनले प्रत्यक प्रतियोगिताहरुका विषयमा सामाजिक सञ्जालमा लेख्ने गरेका छन् । उनले बेल्जियम र पोर्चुगलको प्रतियोगिता दौरान देश बेल्जियम र व्यक्ति रोनाल्डो मनपर्ने भएकाले कस्लाई सपोर्ट गर्ने भन्ने विषयमा दोधार रहेको प्रतिकृया दिएका थिए ।

पंगेनीले इङ्ल्याण्डको जितमा खुशी ब्यक्त गरेका छन् । “ इङ्ल्याण्डमा धेरै नेपाली दिदीबहिनी दाजुभाइको कर्मभुमी भएको कारण पनि आजको जितमा खुशी ब्यक्त गरियो । यस पटक अनुमान भन्दा पनि मनकामना पुग्लाजस्तो छ ।” पंगेनीले सामाजिक सञ्जालमा लेखेका छन् ।

Tags: जितु नेपालदिपक आचार्यदिपेन्द्र लामाप्रदिप भट्टराईप्रमोद खरेलबद्री पंगेनीराजाराजेन्द्र पोखरेल
Previous Post

आज रातामकैको जन्मदिन, धनका साथै मनका पनि धनी

Next Post

रोकिएको ‘कमेडी च्याम्पियन सुचारु हुँदै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
सुचारु हुदै ‘कमेडी च्याम्पियन सिजन–२’

रोकिएको ‘कमेडी च्याम्पियन सुचारु हुँदै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।