BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कलाकारकै केन्द्रमुखी मानसिकताका कारण मनोरञ्जन नगरी पछि पर्‍यो – पूर्व प्रधानमन्त्री डा. भट्टराई

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ १८, २०८१, ८:१७ मध्यान्ह
in FEATURE, गीत संगीत
कलाकारकै केन्द्रमुखी मानसिकताका कारण मनोरञ्जन नगरी पछि पर्‍यो – पूर्व प्रधानमन्त्री डा. भट्टराई
104
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कलाकारहरूमा केन्द्रमुखी कलाको मानसिकताका कारण मनोरञ्जन नगरी पछि परेको बताएका छन् । नेपाल चलचित्र संघ, पुर्वाञ्चल शाखाले आयोजना गरेको म्युजिक भिडियो विमोचन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले काठमाण्डौमा भएका कलाकारहरू ठुला हुन्छन् र उनीहरू मात्र कलाका क्षेत्रमा निपुण हुन्छन् भन्ने मानसिकता सबैले त्याग्न आवश्यक रहेको बताएका हुन् ।

‘नेपालका कुना कन्दराहरुमा त्यस्ता धेरै प्रतिभाहरू छन्, जसले अवसर नपाएकै कारण आफू भित्रको प्रतिभा सार्वजनिक गर्न असमर्थ छन्’, पूर्व प्रधानमन्त्री डा. भट्टराईले भने । कार्यक्रममा वरिष्ठ लोक गायक तथा सङ्गीतकार फणीन्द्र सुवेदीको स्वर तथा निर्देशक परशुराम चौधरीको निर्देशनमा तयार भएको म्युजिक भिडियो देखाइएको थियो ।

झुम्काको म्युजिक सिनेमा हलमा आयोजित कार्यक्रममा बोल्दै नेपाल चलचित्र संघ, पुर्वाञ्चल शाखाका सभापति परशुराम चौधरीले कोशी प्रदेश कलाको खानी भएको उल्लेख गर्दै राज्य स्तरबाट कलाकारहरूको सम्मान आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा वरिष्ठ लोक गायक तथा सङ्गीतकार सुवेदीको स्वर तथा निर्देशक चौधरीको निर्देशनमा तयार भएका म्युजिक भिडियोका कलाकार तथा प्रचार प्रसारमा योगदान गर्ने चलचित्र पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

म्युजिक भिडियोमा योगदान गर्ने वरिष्ठ लोक गायक तथा सङ्गीतकार फणीन्द्र सुबेदी, लेखक तथा कलाकार रेणु चौधरी, मोडल तथा कलाकार दिनेश कोइराला, मोडल तथा कलाकार मेनुका माझी, नृत्य निर्देशक तुलसी घिमिरे,निर्देशक कार्तिक राजवंशी, गायक तथा सङ्गीतकार प्रवलदिप विश्वास, कलाकार जयनारायण चौधरी, छायाकार तथा सम्पादक हेमन तामाङ लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा अन्य विभिन्न कलाकारहरूलाई कदर पत्र तथा प्रोत्साहन पत्रद्वारा समान गरिएको थियो ।

म्युजिक भिडियो प्रचार प्रसार तथा समग्र चलचित्र पत्रकारितामा योगदान पुर्‍याएको भन्दै चलचित्र पत्रकार संघ सुनसरी शाखाका उपाध्यक्ष मनोज दाहाल तथा  चलचित्र पत्रकार संघ कोशी प्रदेश सहसचिव विकल श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ लोक गायक तथा सङ्गीतकार फणीन्द्र सुवेदीको जीवनी साथै कला क्षेत्रमा पुर्‍याएको योगदानको भिडियो चित्र सहित  उनले गाएका गीतका छोटकरी अंशहरू प्रस्तुत गरिएको थियो ।

  • Beta

Beta feature

Previous Post

‘फर्की फर्की’ र ‘पुजार सार्की’ ले पहिलो हप्तामा राम्रो ब्यापार गर्दै दोस्रो हप्तामा प्रवेश

Next Post

‘छक्कापञ्जा ५’ को समुहले पहिलो पोस्टर सार्वजनिक गर्दै तय गर्यो प्रदर्शन मिति

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चैत्र १, २०८२, १०:०६ बिहान
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
‘छक्कापञ्जा ५’ को समुहले पहिलो पोस्टर सार्वजनिक गर्दै तय गर्यो प्रदर्शन मिति

'छक्कापञ्जा ५' को समुहले पहिलो पोस्टर सार्वजनिक गर्दै तय गर्यो प्रदर्शन मिति

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

by विशेष अनलाइन
चैत्र १, २०८२, १०:०६ बिहान
0

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।