BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

इटहरीको मेट्रिक्समा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’को आयोजना हुने

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन ३, २०८०, १:१५ मध्यान्ह
in FEATURE, अन्य
इटहरीको मेट्रिक्समा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’को आयोजना हुने
65
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल । इटहरी उपमहानगरपालिका वडा ४ मा रहेको मेट्रिक्समा आगामी फागुन २९ देखि कोशी प्रदेश स्तरीय कला प्रदर्शनी हुने भएको छ । तीन दिन सम्म चल्ने कला प्रदर्शनीलाई  ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ नाम दिइएको छ ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रदर्शनीको संयोजकमा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख तथा कोशी प्रदेश समन्वय समिति संयोजक प्राज्ञ सञ्जय बान्तवा राईलाई तोकिएको छ  भने इटहरी मेट्रिक्सका अध्यक्ष तथा वरिष्ठ कलाकार विक्रम श्रीलाई उपसंयोजक तोकिएको छ । कलाकार गणेश लामा आँसुलाई  सचिव तोकिएको छ ।

कला प्रदर्शनीलाई भव्य बनाउने उद्देश्यले मेट्रिक्स परिसरमा सम्पन्न कलाकारहरूको भेलाले कार्यक्रमको संयोजकमा प्राज्ञ राई र उपसंयोजक कलाकार विक्रम श्री सहित ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको हो ।

मूल समितिअन्तर्गत विभिन्न उपसमितिहरू पनि गठन गरिएको बताइएको छ । कार्यक्रम संयोजक प्राज्ञ राईका अनुसार गोपाल देवानको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, उर्मिला कोइरालाको संयोजकत्वमा आर्थिक उपसमिति, अशेष तिम्सिनाको संयोजकत्वमा कलाकृति सङ्कलन उपसमिति, छितेन शेर्पाको संयोजकत्वमा कला डिस्प्ले उपसमिति र आरती श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदर्शनीका संयोजक राईले प्रतिष्ठानको प्रदेश संरचना नभएको उल्लेख गर्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहयोगबाट नै कार्यक्रमलाई भव्य र सव्य बनाउन सकिने उल्लेख गरे । कोशी प्रदेश आफैँमा कलाले भरिएको प्रदेश रहेको बताउँदै संयोजक राईले कार्यक्रमको बोहनी उत्कृष्ट बन्नेमा ढुक्क रहेको उल्लेख गरे ।

कार्यक्रमका उपसंयोजक विक्रम श्रीले  ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ लाई महोत्सवको रूपमा सम्पन्न गर्न लागेको बताउँदै यस प्रदर्शनी मार्फत कोशी प्रदेशबाट अरू प्रदेशलाई समेत राम्रो सन्देश दिन सकेमा प्रदर्शनी उपलब्धिपूर्ण हुने धारणा व्यक्त गरे । विक्रम श्रीका अनुसार प्रदर्शनीकै लागि हाल आफ्नै लगानीमा प्रदर्शनी स्थलको पुनर्निर्माण र सजिसजाउ कार्य भइरहेको छ ।

Previous Post

कोशी प्रदेश बाट एक साथ दुइ सिरियल निर्माणको घोषणा

Next Post

‘महाजात्रा’ टिजर : अधिक महत्त्वाकाङ्क्षाले सिर्जना गरेको परिस्थिति

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चैत्र १, २०८२, १०:०६ बिहान
सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
Next Post
‘महाजात्रा’ टिजर  : अधिक महत्त्वाकाङ्क्षाले सिर्जना  गरेको परिस्थिति

‘महाजात्रा’ टिजर : अधिक महत्त्वाकाङ्क्षाले सिर्जना गरेको परिस्थिति

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

by विशेष अनलाइन
चैत्र १, २०८२, १०:०६ बिहान
0

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।