BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘आबाट आमा’ को ट्रेलरमा: वैदेशिक रोजगारी, पारिवारिक पीडा,पौराणिक विम्ब र आधुनिक संघर्षको कथा

विशेष अनलाइन by विशेष अनलाइन
माघ ७, २०८२, ७:५१ मध्यान्ह
in FEATURE, चलचित्र
‘आबाट आमा’ को ट्रेलरमा: वैदेशिक रोजगारी, पारिवारिक पीडा,पौराणिक विम्ब र आधुनिक संघर्षको कथा
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्र ‘आबाट आमा’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको यस ट्रेलरमा पारिवारिक भावनात्मक सम्बन्ध र आधुनिक युगको संघर्षलाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको देखिन्छ। विशेषगरी आमा र छोराको मर्मस्पर्शी सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको यो चलचित्रले दर्शकलाई भावुक बनाउने संकेत गरेको छ।

ट्रेलरमा पौराणिक पात्रहरू कृष्ण, राधा, देवकी र वासुदेवको प्रसंग जोड्दै पात्रहरूको जीवनलाई परिभाषित गर्न खोजिएको छ। वैदेशिक रोजगारीका लागि गाउँ छोडेर युरोप, अष्ट्रेलिया र खाडी मुलुक जाने वर्तमान युवा पुस्ताको बाध्यता र त्यसले निम्त्याउने पारिवारिक बिछोडको पीडालाई ट्रेलरमा सशक्त रूपमा उतारिएको छ। चलचित्रले संसारलाई एउटा ‘कुरुक्षेत्र’ र जीवनलाई ‘महाभारत’ को युद्धसँग तुलना गर्दै हरेक व्यक्तिको आफ्नै संघर्ष हुने सन्देश दिन खोजेको देखिन्छ।

आगामी माघको १६ गतेबाट रिलिज हुने चलचित्रमा प्रदीप रावत, विपना थापा र पल शाहका अलवा सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहेको छ । साथै बालकलाकारमा समाइरा थापा र शान अधिकारी रहेका छन्।

चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रको कथा तथा पटकथा समेत निर्देशक पन्त स्वयंले लेखेका छन्। चलचित्रको गीतहरूमा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत गरेका छन्। गीतको भिडियोमा कोरियोग्राफीको जिम्मेवारी गम्भीर विष्ट र दिलीप ओखेडाले गरेका छ्न् ।.

चलचित्रको निर्माणमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले लगानी गरेका छन् । चलचित्रको कार्यकारी निर्माता करण सिंह रसाली हुन् । व्यावसायिक रूपमा चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्मस्ले लिएको छ । चलचित्रको डिजिटल अधिकारको रुपमा ओएसआर डिजिटल रहेको छ।

Previous Post

प्राविधिक कारण देखाउँदै ‘बिगुल’को प्रदर्शन स्थगित, अब फागुन १ गते बाट प्रदर्शनमा आउने

Next Post

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

माघ ९, २०८२, १०:३८ मध्यान्ह
चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ९, २०८२, १०:१४ मध्यान्ह
‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

माघ ९, २०८२, ९:४६ मध्यान्ह
अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

माघ ९, २०८२, ९:३५ मध्यान्ह
प्राविधिक कारण देखाउँदै ‘बिगुल’को प्रदर्शन स्थगित, अब फागुन १ गते बाट प्रदर्शनमा आउने

प्राविधिक कारण देखाउँदै ‘बिगुल’को प्रदर्शन स्थगित, अब फागुन १ गते बाट प्रदर्शनमा आउने

माघ ५, २०८२, ६:०९ मध्यान्ह
फ्युचर रियल स्टेटका ब्राण्ड एम्बेसडर बने कुमार कट्टेल ‘जिग्री’

फ्युचर रियल स्टेटका ब्राण्ड एम्बेसडर बने कुमार कट्टेल ‘जिग्री’

माघ ५, २०८२, ७:३४ बिहान
Next Post
अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नम्बर १’ आगामी जेठ १५ मा प्रदर्शन हुने

by विशेष अनलाइन
माघ ९, २०८२, १०:३८ मध्यान्ह
0

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

चलचित्र ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

by विशेष अनलाइन
माघ ९, २०८२, १०:१४ मध्यान्ह
0

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जम्दै विजय र अञ्जनाको जोडी

by विशेष अनलाइन
माघ ९, २०८२, ९:४६ मध्यान्ह
0

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

अर्पण थापाको निर्देशनमा ‘फ्रेन्च किस’ बन्ने

by विशेष अनलाइन
माघ ९, २०८२, ९:३५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।