विशेष अनलाइन । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले सोमबार दुई नयाँ पोष्टर सार्वजनिक गर्दै उक्त मितिबाट चलचित्र प्रदर्शन हुने जानकारी दिएको हो।
चलचित्रमा दयाहाङ राई र ,विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरुको अभिनय रहेको छ। निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले तयार पारेका हुन्।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा निर्माण भएकोचलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्। सामाजिक कथावस्तुमा आधारित यस चलचित्रको छायाङ्कन चितवनका विभिन्न स्थानमा गरिएको हो।
चलचित्रमा मनकृष्ण महर्जनको छायाङ्कन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य रहेको छ। काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले चलचित्र वितरण गर्नेछ।










Discussion about this post