BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘अभिमन्यु’को ट्रेलर सार्वजनिक : कलाकारको अपमानप्रति निर्माता पौडेलको असन्तुष्टि

विशेष अनलाइन by विशेष अनलाइन
भदौ १२, २०८२, ९:५० मध्यान्ह
in FEATURE, चलचित्र
‘अभिमन्यु’को ट्रेलर सार्वजनिक : कलाकारको अपमानप्रति निर्माता पौडेलको असन्तुष्टि
66
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को बहुप्रतिक्षित ट्रेलर आज एक भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। तर, ट्रेलर रिलिजकै दिन केही पत्रकारले कलाकारको अभिनय क्षमता र उपस्थितिलाई लक्षित गरेर सोधिएका प्रश्नले कार्यक्रममा हलचल मच्चाएको छ। यही प्रसंगलाई लिएर चलचित्रका निर्माता विनोद पौडेल खुलेर असन्तुष्टि व्यक्त गरेका छन्।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो मनको कुरा व्यक्त गर्दै भनेका छन्, “राम्रो अभिनय गर्न सक्ने र गर्न नसक्ने कलाकार हुन्छन् होला, तर ‘फरी कहाँबाट आयो यो नचलेको कलाकार’ भन्ने खालको प्रश्न गर्नु कति उपयुक्त हो ? अभिमन्युको ट्रेलर हेर्दा के साँच्चिकै त्यस्तो लाग्छ ? कलाकारलाई अपमान गर्ने भाषाभन्दा underrated भन्ने शब्द प्रयोग गर्दा पनि हुन्थ्यो।”

उनले थप लेखेका छन्, “कलाकारलाई अपमान गरेर समाचार लेख्दा वा प्रश्न गर्दा कस्तो मानसिक असर पर्छ भन्ने बुझ्न जरुरी छ। प्रश्न सोध्नु पत्रकारको अधिकार हो, तर शब्द चयनमा संवेदनशील हुनुपर्छ।”

निर्माता पौडेललाई यसअघि पनि कलाकारलाई ‘मुख्य भूमिकामा स्थापित गर्ने’ शैलीका लागि चिनिन्छन्। उनले निर्माण गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा सहायक भूमिकाबाट मात्र चिनिँदै आएका कलाकार विजय बराललाई पहिलो पटक मुख्य पात्रमा उतारेका थिए। सो चलचित्रले ऐतिहासिक व्यापारिक रेकर्ड कायम गर्दै नेपाली बक्स अफिसमा तहल्का मच्चाएको थियो।

ठीक त्यस्तै, ‘अभिमन्यु : च्याप्टर १’ मा पनि उनले वर्षौंदेखि सहायक पात्रमा सीमित रहँदै आएका कामेश्वर चौरासियालाई पहिलो पटक मुख्य पात्रको रूपमा प्रस्तुत गरेका छन्। पौडेलको विश्वास छ, चौरासियाको अभिनय यात्राले यसपटक दर्शकलाई नयाँपन दिनेछ।

सुशान्त गौतमको निर्देशन रहेको चलचित्रको कथा मुकेश खनालले लेखेका हुन्  । चलचित्र निर्माणमा बिनोद पौडेललाई  गुन्जन गिरीले सघाएका छन् । चलचित्रमा चौरासियाका अलावा गौमाया गुरुङ, लक्ष्मी बर्देवा, सरिता गिरी, प्रकाश दाहाल, शिशिर वाङ्देल, किरण श्रेष्ठ, सुष्मा निरौला, अनिल कुर्मी लगायतका कलाकारको भुमिका छ ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ ले तराई क्षेत्रको कथा, संस्कृतिको विविधता र त्यहाँको समाजले भोगिरहेका चुनौतीलाई उठाएको बताइएको छ। निर्देशक र निर्माण पक्षका अनुसार, चलचित्रमा मनोरञ्जनसँगै सामाजिक सन्देश पनि समेटिएको छ। ट्रेलरमा देखाइएको झलकले चलचित्रमा प्रेम, संघर्ष र न्यायका विषयलाई जोडिएको अनुमान लगाउन सकिन्छ।

आज सार्वजनिक ट्रेलरमा प्रस्तुत दृश्य, संवाद र पृष्ठभूमि संगीतले उपस्थित दर्शक र पत्रकारलाई उत्साहित बनाएको थियो। विशेषगरी, मुख्य पात्र कामेश्वर चौरासियाको नयाँ अवतार, दमदार संवाद र भावनात्मक प्रस्तुति चर्चामा आयो।

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आगामी भाद्र २७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। यसअघि नै ऐतिहासिक सफलता पाइ सकेको निर्माता पौडेलले यसपटक पनि दर्शकको अपेक्षालाई चुल्याउने विश्वास लिएका छन्।

Previous Post

नायरा प्रसाईको बाल रक–पप गीत ‘विभिन्न जात–जाती’ सार्वजनिक

Next Post

‘गुन्यु चोलो : द ड्रेस’ आजदेखि प्रदर्शनमा, १०३ शो सहित देशव्यापी रिलिज

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
‘गुन्यु चोलो : द ड्रेस’ आजदेखि प्रदर्शनमा, १०३ शो सहित देशव्यापी रिलिज

‘गुन्यु चोलो : द ड्रेस’ आजदेखि प्रदर्शनमा, १०३ शो सहित देशव्यापी रिलिज

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।