विशेष अनलाइन । चलचित्र ‘रङ्गेली’ निर्देशन गरेर चिनिएका अर्जुन सुवेदीले आफ्नो दोस्रो निर्देशकीय प्रस्तुति ‘सोल्टिनी’ रिलिज हुनुअघि नै अर्को नयाँ चलचित्रको निर्माण घोषणा गरेका छन् । मंगलबार हरितालिका तिजको अवसर पारेर उनले नयाँ चलचित्रको नाम ‘कन्यादान’ राख्दै थिम पोस्टर सार्वजनिक गरेका हुन्।
निर्देशक सुवेदीका अनुसार चलचित्रले विधवा महिलाको जीवन, समाजले लगाउने अवरोध तथा परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो अवसरमार्फत पुनः प्रेम र जीवन जिउने अधिकारलाई पर्दामा उतार्नेछ। उनले भने, “हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ भन्ने हाम्रो मुख्य सन्देश हो।”
चलचित्रको कथा कुमार भट्टराई र अर्जुन सुवेदीले संयुक्त रूपमा लेखेका हुन्। निर्माणमा प्लानेट थ्री फिल्म्स रहनेछ भने सहकार्यमा सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्ट सहभागी हुनेछन्। चलचित्रका प्रस्तुतकर्ता रेजिना बिस्ट, कार्यकारी निर्माता मार्टिन ओली रहनेछन्।
चलचित्रको छायाङ्कन निर्देशन सुसन प्रजापतिले गर्नेछन् भने संगीतमा प्रशान्त सिवाकोटी संलग्न हुनेछन्। सुवेदीले निर्देशन गर्ने ‘कन्यादान’ पहिले बनेका दुई चलचित्रभन्दा फरक कथावस्तुमा तयार हुने जनाइएको छ।









Discussion about this post