विशेष अनलाइन । चलचित्र विकास बोर्डले अब देशभरका सिनेमा हलहरूले अनिवार्य रूपमा बक्सअफिसको तथ्यांक प्रस्तुत गर्नुपर्ने निर्देशन दिएको छ। बोर्डले देशभर रहेका १६६ वटा चलचित्र प्रदर्शकहरूलाई औपचारिक पत्र पठाउँदै सूचना नपठाउनेहरूलाई चलचित्र ऐन अन्तर्गत आवश्यक कारबाही गरिने चेतावनी दिएको हो।
असार १६ गतेदेखि सञ्चालनमा आएको रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणालीमार्फत बोर्डले प्रत्येक हलबाट प्रत्यक्ष रूपमा आम्दानीको विवरण संकलन गर्न थालेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार, प्रदर्शकहरूलाई सचेत गराउने उद्देश्यले पत्र पठाइएको हो।
बोर्डले प्रदर्शकहरूको छाता संगठन, चलचित्र संघलाई समेत पत्राचार गर्दै सहयोगको लागि आग्रह गरेको छ। बोर्डको स्थापनाको २५ औं वार्षिकोत्सवको अवसर पारेर सुरु गरिएको यस प्रणालीमार्फत चलचित्रको वास्तविक व्यापार पारदर्शी र नियमनको दायरामा ल्याउने उद्देश्य लिइएको छ।हाल एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित मोबाइल एपमार्फत बक्सअफिस विवरण सजिलै बुझाउन सकिने भए पनि आईओएस (Apple) प्लेटफर्ममा भने एप आउने प्रक्रियामा रहेको बोर्डले जनाएको छ।










Discussion about this post