विशेष अनलाइन । भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘माग्ने राजा’ ले दर्शकको ध्यान तान्न सुरु गरिसकेको छ। हालै सार्वजनिक गरिएको चलचित्रको पहिलो गीत ‘त्यो मिठो जोवन’ मार्फत दर्शकहरूलाई प्रेमको रङमा रंगाउने प्रयास गरिएको छ। गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ भने रचना रिमाल र सविन सुवेदीको जादुमयी स्वरले प्रेमिल भावनालाई जीवित बनाएका छन्।
कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको भिडियोमा देखिएका केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको जोडीले दर्शकलाई मुस्कान दिन बाध्य बनाउँछ। केदारले वर्षालाई “रानी बनाउने” वाचा गरिरहँदा, वर्षा आफ्नो “दिल चोरेर भाग्न नपाइने” शर्त राख्दै प्रेमको रोचक झल्को दिन्छिन्।
ऋषि लामिछाने निर्देशित चलचित्र ‘माग्ने राजा’ मा पैसाको बलमा आफैंलाई राजा ठान्ने पात्रको कथा देखाइनेछ। हास्य र व्यङ्ग्य मिसिएको यो कथामा पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी जस्ता कलाकारहरूको अभिनय छ, भने आर्यन सिग्देललाई विशेष भूमिकामा देख्न पाइनेछ।
चलचित्रलाई आरम्भ प्रोडक्सनले निर्माण गरेको हो। छायांकन नरेन्द्र मैनाली, सम्पादन मित्र डि. गुरुङ, लेखन सामीप्य राज तिमल्सेना, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, ब्याकग्राउन्ड संगीत त्सूजील कर्माचार्य, र संगीत संयोजनमा दीपक शर्मा र बाबुल गिरीको योगदान छ। चलचित्रका निर्माता मधुसुदन शर्मा हुन् भने प्रस्तुतकर्ता मुनाल घिमिरे, जो दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष समेत हुन्।










Discussion about this post