BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘ऊनको स्वीटर’– समाज, सम्बन्ध र स्मृतिको कथा: निर्देशक नवीन चौहान

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २७, २०८१, ९:१८ बिहान
in FEATURE, चलचित्र
‘ऊनको स्वीटर’– समाज, सम्बन्ध र स्मृतिको कथा: निर्देशक नवीन चौहान
113
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल । नेपाली म्युजिक भिडियो निर्देशनमा लामो समयदेखि सक्रिय नवीन चौहान ‘ऊनको स्वीटर’ मार्फत नेपाली चलचित्र निर्देशन यात्राको सुरुवात गर्दै छन्। फरक सोच, मौलिक प्रस्तुति, गहिरो अध्ययन र कलात्मक अनुसन्धानलाई  जोड दिने चौहानले ‘ऊनको स्वीटर’को कथा समेत लेखेका हुन् ।  म्युजिक भिडियोहरूमा छुट्टै शैली देखाउँदै आएका उनी दृश्य सौन्दर्य मात्र होइन, कथा भन्न सक्ने क्षमता बोकेका निर्देशकका रूपमा चिनिएका छन्। उनको निर्देशनमा बनेका म्युजिक भिडियोहरूमा कथावाचन, सिनेम्याटोग्राफी र अभिनयको समायोजन अत्यन्त सशक्त देखिन्छ।

नवीन चौहान सधैं केही फरक गर्नुपर्छ भन्ने धारणा राख्छन्। उनी भन्छन्, “अबको चलचित्र मौलिक हुनुपर्छ, कथामा हाम्रो समाज बोल्नुपर्छ र दर्शकले आफूलाई देख्न पाउनुपर्छ।” अभ्यास, मौलिकता, अनुसन्धान र समर्पणले मात्र नेपाली चलचित्रलाई अगाडि बढाउन सकिन्छ भन्ने धारणा चौहानको छ ।

उनीद्वारा निर्देशित ‘ऊनको स्वीटर’को टिजर, पोस्टरसहित दुईवटा गीत समेत सार्वजनिक भइसकेको छ, जसले दर्शकको ध्यान तान्न सफल भएको छ। सामाजिक सञ्जालमा पाइएको सकारात्मक प्रतिक्रिया र चर्चा निर्देशक चौहानको पहिलो चलचित्रका लागि उत्साहजनक संकेत हो। पहिलो चलचित्रमै फरक र सशक्त छाप छोड्ने उद्देश्यसहित अघि बढेका निर्देशक नवीन चौहान नेपाली सिनेमा जगतमा एक सम्भावनाशील नामको रूपमा स्थापित हुँदै छन्।
प्रस्तुत छ, उनै निर्देशक चौहानसँग मनोज दाहालले गरेको विशेष अन्तर्वार्ताको सारसंक्षेप:

प्रश्न: सार्वजनिक टिजरको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ?
नवीन चौहान: टिजरको प्रतिक्रिया निकै सकारात्मक पाइरहेका छौँ। हाम्रो अपेक्षा अनुसार नै सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया आइरहेका छन्। फेसबुक, टिकटक, युट्युब लगायतका प्लेटफर्महरूमा धेरै दर्शकले टिजर मन परेको प्रतिक्रिया दिनुभएको छ।

साथीभाइ, आफन्त तथा दर्शकहरूले फोन र सन्देशमार्फत् पनि प्रशंसा प्रकट गर्नुभएको छ। कतिपय दर्शकले “ट्रेलर कहिले आउँछ?” भनेर चासो देखाउनु भएको छ। दर्शकबाट प्राप्त यति सकारात्मक प्रतिक्रिया हाम्रो सम्पूर्ण टिमका लागि अत्यन्त प्रेरणादायी बनेको छ। यसले हामीलाई अझ बढी मेहनत गर्न र उत्कृष्ट सिर्जना दिन थप ऊर्जा दिएको छ।

प्रश्न: ‘ऊनको स्वीटर’ निर्देशन मात्र होइन, तपाईंले कथा पनि लेख्नुभएको छ। यो कथाको प्रेरणा कहाँबाट आयो? कस्तो कथा वस्तुलाई समेट्न खोज्नुभएको छ?
नवीन चौहान: साँचो कुरा भन्नुपर्दा, कथा लेख्नुभन्दा पनि चलचित्र बनाउने यात्रा नै मेरो लागि अझ महत्त्वपूर्ण अनुभव हो। यसअघि पनि म्युजिक भिडियो तथा साङ्गीतिक चलचित्रमा कथा र निर्देशनमा सक्रिय थिएँ। ‘ऊनको स्वीटर’ त्यसै सृजनात्मक यात्राको निरन्तरता हो । अब त्यो प्रयासलाई पूर्ण लम्बाइको चलचित्रको रूपमा दर्शकमाझ ल्याउने प्रयास हो।

यो कुनै काल्पनिक कथा होइन, बरु म जन्मिएको र हुर्किएको पूर्वी नेपालको पाँचथर क्षेत्र वरपरको सामाजिक परिवेश, सम्बन्ध, पीडा र प्रेमको जीवन्त अनुभवहरूलाई समेटिएको कथा हो। समाज, संस्कार, पारिवारिक सम्बन्ध र प्रेममा लुकेका विविध आयामहरू चलचित्रको मूल विषयवस्तु बनेका छन्।

प्रश्न: तपाईंले यसअघि म्युजिक भिडियोहरुमा काम गरिरहनु भएको थियो। म्युजिक भिडियो र चलचित्रमा काम गर्दाको फरक र चुनौतीहरू के के रहे?
नवीन चौहान: दुवै विधा दृश्य-श्रव्य माध्यम भए पनि विधागत रूपमा फरक छन्। म्युजिक भिडियोमा गीतमा आधारित दृश्य सिर्जना गर्नुपर्छ। छोटो समयभित्रै दर्शकको भावनामा असर पार्नुपर्ने भएकाले त्यसको चुनौती पनि उही अनुसार छ। स्रोत र समय सीमित हुन्छ, सोचेजस्तो कुरा तुरुन्त कार्यान्वयन गर्नुपर्ने बाध्यता हुन्छ।

तर, चलचित्र भने विस्तृत क्यानभास हो। यहाँ कथा विस्तार गर्न, पात्रको विकास गर्न, र सन्देश दिन पर्याप्त समय हुन्छ। स्रोतसाधन, समय र जनशक्तिको आवश्यकता बढी हुन्छ। चलचित्र दीर्घकालीन असर पार्ने माध्यम हो।

दुवै विधामा सिर्जनात्मकता आवश्यक हुन्छ, तर चलचित्रमा गहिरो समर्पण, योजना र दीर्घ सोच आवश्यक पर्छ।

प्रश्न: लेखन र निर्देशन फरक कुरा हुन्। तपाईंले दुबै अनुभव गर्नुभएको छ । कुन विधा सहज लाग्दो रहेछ?
नवीन चौहान: लेखन र निर्देशन दुवै सृजनात्मक प्रक्रियाहरू हुन् र यी एक अर्कासँग गहिरो रूपमा जोडिएका छन्। लेखकले कथा लेख्दा नै निर्देशकको दृष्टिकोण बोकेको हुन्छ भने निर्देशकले दृश्य सिर्जना गर्दा लेखकको आत्मा सम्झनुपर्छ।

जब लेखक आफैं निर्देशक हुन्छ, तब लेखनको क्रममा नै सम्पूर्ण दृश्य दिमागमा खिचिसकेको हुन्छ। यो समन्वयले चलचित्रलाई सशक्त बनाउँछ। चलचित्र अहिले पोस्ट-प्रोडक्सनको चरणमा भए पनि लेखनको प्रक्रिया अझै चलिरहेको छ। डबिङ, सबटेक्स्ट, वा संवादहरू थपिनु, परिवर्तन हुनु स्वाभाविक हो। त्यसैले लेखन गतिशील प्रक्रिया हो, जुन निर्देशनसँगै सँगै अघि बढ्दछ।

प्रश्न: ‘ऊनको स्वीटर’ भन्ने शीर्षकलाई सुन्दा दुई अर्थ लाग्छ—ऊनको स्वीटर र उनको स्वीटर। चलचित्रले भन्न खोजेको आशय के हो?
नवीन चौहान: सुन्दा दुई अर्थ लागेपनि चलचित्रको शीर्षक ‘ऊनको स्वीटर’ नै हो—जुन चलचित्रको मूल कथा र भावनासँग मेल खान्छ। तर उच्चारण गर्दा ‘उनको स्वीटर’ पनि सुन्न सकिन्छ, जसले शीर्षकलाई अझ गहिरो र बहुअर्थी बनाएको छ।

यहाँको ‘ऊन’ केवल लुगा होइन—सम्बन्ध, सम्झना, माया, पीडा र प्रतीक हो। चलचित्रले यस ‘स्वीटर’ मार्फत पात्रहरूको भावना, सम्झना र सम्बन्धलाई चित्रण गर्न खोजेको छ। शीर्षकको यही भाषिक र भावनात्मक बहुआयाम दर्शकलाई थप आकर्षित बनाउने विश्वास लिएको छु।

प्रश्न: दर्शकबाट कस्तो अपेक्षा राख्नुभएको छ?
नवीन चौहान: हामी दर्शकबाट धेरै ठूलो अपेक्षा राख्दैनौं—हाम्रो सिर्जनाको आत्मा बुझिदिनुहोस्, हाम्रो मिहिनेतको सम्मान गरिदिनुहोस् भन्ने मात्र हो। चलचित्र हेर्नुहोस्, अनुभूत गर्नुहोस्, र आफ्नो प्रतिक्रिया दिनुहोस्। मन परे समर्थन गर्नुहोस्, नपरे सुझाव दिनुहोस्। हामी सधैं सुधारको प्रक्रियामा रहनेछौँ।

प्रश्न: चलचित्र दर्शकमाझ गएपछि नवीन चौहानको परिचयमा कस्तो परिवर्तन आउने अपेक्षा गर्नु भएको छ?
नवीन चौहान: म सधैं ‘कर्म गरिरहनुपर्छ’ भन्ने सोचमा विश्वास गर्छु। नाम बनाउने ध्येय राखेर होइन, सिर्जनामा समर्पणका साथ लाग्ने चाहना राखेको छु।

‘ऊनको स्वीटर’ मेरो लागि परिचय बनाउने प्रयास होइन—यो त भोगाइ र भावनालाई दृश्यमा रूपान्तरण गर्ने माध्यम हो। दर्शकबाट प्राप्त प्रतिक्रिया, मूल्याङ्कन वा आलोचना—सबै मेरा कर्मको प्रतिबिम्ब होस् भन्ने चाहन्छु।

प्रश्न: अन्त्यमा, नेपाली चलचित्र नगरीलाई नजिकबाट नियालिरहनुभएको छ। हिजो, आज र भोलिको नेपाली चलचित्रलाई तपाईं कसरी देखिरहनुभएको छ?
नवीन चौहान: नेपाली चलचित्रको यात्रा हिजोभन्दा आज आशालाग्दो अवस्थामा छ। नयाँ पुस्ता कथावस्तु, प्रविधि र मौलिकतामा गम्भीर छन्। आजको चलचित्रहरूले अन्तर्राष्ट्रिय फेस्टिभलसम्म उपस्थिति जनाइरहेका छन्, जुन गौरवको कुरा हो।

भोलिको नेपाली चलचित्र अझ सम्भावनायुक्त देख्छु—तर त्यसका लागि निरन्तर अभ्यास, मौलिकता, अनुसन्धान र समर्पण अपरिहार्य छ। हामीले आफ्नै कथा, संस्कृति र मूल्यलाई आत्मसात् गरेर प्रस्तुत गर्न सके, नेपाली चलचित्र अन्तर्राष्ट्रिय स्तरमा अझ मजबुत बन्नेछ।

Previous Post

‘मिस एसईई इटहरी’को पाँचौं संस्करण आयोजना हुने

Next Post

दर्शकको अभूतपूर्व साथ : नेपाली चलचित्र ‘लाज शरणम्’ सातौँ हप्तामा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
दर्शकको अभूतपूर्व साथ : नेपाली चलचित्र ‘लाज शरणम्’ सातौँ हप्तामा

दर्शकको अभूतपूर्व साथ : नेपाली चलचित्र ‘लाज शरणम्’ सातौँ हप्तामा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।