विशेष अनलाइन । सौरभ चौधरीले निर्देशन गर्ने चलचित्र ‘कर्मा’ मा उपासना सिंह ठकुरी मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित भएकि छिन् । अभिनेत्री उपसना र निर्माता बिच केही हप्ताअघि नै कागजी सम्झौता भएको थियो ।
यस अघि अभिनेता विपिन कार्कीलाई शीर्ष भूमिकामा अनुबन्धित गरिसकिएको छ । नकारात्मक भूमिकामा अभिनेता मुकुन भुसाललाई अनुबन्धित गरिएको जानकारी प्राप्त भएको छ । ‘कर्मा’मा उपासनाको विपिनसँग पहिलो सहकार्य हुनेछ ।
लुम्बिनी प्रदेशको दाङ जिल्लाबाट छायांकन सुरु गर्न लागिएको ‘कर्मा’लाई रुकुममा पनि खिचिने जनाइएको छ । चलचित्रमा निर्देशक चौधरी स्वयंको लेखन छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा वसन्त लम्साल निर्मातामा छन् ।आगामी चैत २९ गतेबाट चलचित्रलाई प्रदर्शन गरिँदैछ ।
Discussion about this post