BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

भदौ १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘वर एण्ड वधु’ युनिटको इटहरीमा पत्रकार भेटघाट

विशेष अनलाइन by विशेष अनलाइन
भदौ ७, २०८१, ८:२५ मध्यान्ह
in FEATURE, चलचित्र
भदौ १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘वर एण्ड वधु’ युनिटको इटहरीमा पत्रकार भेटघाट
67
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । भदौ १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वर एण्ड वधु’ को इटहरीमा पत्रकार भेटघाट सम्पन्न भएको छ । चलचित्र युनिटले ‘वर एण्ड वधु’ प्रचारप्रसारलाई कोशी प्रदेशबाट सुरु गरेको छ । झापाको विर्तामोड र सुनसरीको धरानमा पत्रकार भेटघाट गरेको फिल्म युनिटले आज इटहरी र विराटनगरमा पत्रकार भेटघाट गरेको हो । आज शुक्रवार इटहरीको इलाईट सिनेमा हलमा भएको भेटघाटमा चलचित्रका निर्मात्री जानुका थापा, निर्देशक मिलन चाम्स, प्रमुख कलाकारहरू किरण केसी ‘रातामकै’, आँचल शर्मा, र विवेक कर्माचार्यको उपस्थिति रहेको थियो ।

पत्रकारहरू माझ बोल्दै निर्देशक मिलन चाम्सले ‘वर एण्ड वधु’ लाई एउटा उच्च स्तरको चलचित्रको रूपमा चित्रण गर्दै ‘यो चलचित्र दिमागले हैन, मनले हेर्नुपर्ने’ बताए । उनले नेपाली चलचित्र उद्योगमा नयाँ स्तरको सिर्जना गरेको बताउँदै दर्शकहरूलाई फिल्म मनले हेर्न आग्रह गरे । कार्यक्रममा प्रमुख कलाकार किरण केसी ‘रातामकै’ ले पनि फिल्मको प्रशंसा गर्दै ‘वर एण्ड वधु एउटा विशुद्ध नेपाली चलचित्र बनेको’ भने । उनले निर्देशक चाम्सको नेतृत्वमा बनेको चलचित्र र कलाकार आँचल शर्मा र विवेक कर्माचार्यको अभिनयको पनि तारिफ गरे । साथै, उनले सम्पूर्ण दर्शकलाई यो चलचित्र हेर्न अनुरोध गरे।

अभिनेता विवेक कर्माचार्यले यो चलचित्रबाट आफूलाई अगाडि बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबैको समर्थनको अपेक्षा गरे । उनले दर्शकहरूको साथ र समर्थनले चलचित्रलाई थप उचाइमा पुर्याउनेमा विश्वास व्यक्त गरे । अभिनेत्री आँचल शर्माले पनि चलचित्रको बारेमा आफ्नो विचार राख्दै ‘वर एण्ड वधु एक कमर्सियल चलचित्र’ भएको बताईन् । जसले पूर्ण मनोरञ्जन प्रदान गर्ने उनको भनाई छ । उनका अनुसार यसमा युवापुस्ताबीच हुने उतारचढावहरूलाई प्रस्तुत गरिएको छ । त्यसैले उनलाई सबैलाई फिल्म हेर्न आग्रह गरिन् ।

यो चलचित्रलाई निर्देशन मिलन चाम्सले गरेका छन् । जो नेपाली चलचित्र उद्योगमा सफल निर्देशकको रूपमा परिचित छन् भने वर एण्ड वधु’को निर्मात्री जानुका थापा हुन् । सुदिप बरालले खिचेको फिल्मलाई सम्पादन मिलन श्रेष्ठले गरेका छन् । यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपाने लगायतको अभिनय रहेको छ ।

Previous Post

फ्राइडे रिलिज : चलचित्र ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ एक साथ प्रदर्शनमा

Next Post

मिस्टर नेपाल २०२४ : आदेशले बनाएको पेन्टिङ मिस्टर नेपाल २०२३ का बिजेता कार्कीले गरे खरिद

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
मिस्टर नेपाल २०२४ : आदेशले बनाएको पेन्टिङ मिस्टर नेपाल २०२३ का बिजेता कार्कीले गरे खरिद

मिस्टर नेपाल २०२४ : आदेशले बनाएको पेन्टिङ मिस्टर नेपाल २०२३ का बिजेता कार्कीले गरे खरिद

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।