विशेष अनलाइन । यतिबेला मिस्टर नेपाल २०२४ को उपाधी कस्ले जित्ला भन्ने चर्चा भैरहेको छ । नाम चलेका कलाकर्मीको राम्रो साथ पाएका कारण पनि धरानका प्रतियोगी आदेश प्रधानलाई मुख्य दाबेदारका रुपमा हेरिएको छ ।
यसैबीच मिस्टर नेपाल २०२४ मा सहभागी आदेश प्रधानले गत भाद्र १ गते शनिबार सम्पन्न ट्यालेन्ट राउन्डमा बनाएको सत्य (चिता जलाएको चित्र) नाम गरेको पेन्टिङ उक्त राउन्डका जुरि समर्पण जंग कार्कीले १११११ रुपैयाँमा खरिद गरेका छन । कार्की मिस्टर नेपाल २०२३ का बिजेता समेत हुन् । प्रतियोगी प्रधानले कार्यक्रममा पेन्टिङ प्रदर्शन गर्नासाथ जुरि कार्कीले खरिद गर्ने घोषणा गरेका थिए ।
अगाडि नै घोषणा गरेपनि प्रि जजिङ राउण्डको कार्यक्रम पश्चात् कार्कीले पेन्टिङ खरिद गरेका थिए । मिस्टर नेपाल २०२३ का बिजेता कार्की बुद्ध एयरका पाईलट समेत हुन् । कार्कीले रेखा थापाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘उपहार’ बाट चलचित्रमा समेत डेब्यु गरेका छन् ।
त्यस्तै ट्यालेन्ट राउन्डमा निर्माण गरेको शिव भगवान ताण्डव आकृतिको अर्को पेन्टिङ आदेशले सोही राउन्डकी अर्की जुरि नम्रता श्रेष्ठलाई उपहार दिएका थिए । श्रेष्ठ मिस नेपाल २०२० कि बिजेता हुन् । पब्लिक च्वाईस अवार्डका लागि ३८ प्रतियोगी मध्ये आदेश अग्र स्थानमा रहेको छन् । यो अवार्डको लागि भोटिङ गर्ने समयावधि भाद्र ५ गते साझ ६ बजे समप्त भइसकेको छ ।
आदेशलाई उपाधी जिताउनका लागि भने इसेवा मार्फत अझै पनि भोट गर्न सकिने छ । मिस्टर नेपाल २०२४ को फाइनल यही भाद्र ८ गते शनिवार बेलुका ५:०० बजे देखि सोल्टी होटल काठमाडौमा आयोजना हुँदै छ ।
Discussion about this post