BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

फ्राइडे रिलिज: प्रदर्शनमा ‘दान्भी’ र ‘आचार्य’,‘दान्भी’लाई उत्साहजनक शो

विशेष अनलाइन by विशेष अनलाइन
असार ७, २०८१, ५:४८ बिहान
in FEATURE, चलचित्र
फ्राइडे रिलिज: प्रदर्शनमा ‘दान्भी’ र ‘आचार्य’,‘दान्भी’लाई उत्साहजनक शो
74
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । फ्राइडे रिलिज अन्तर्गत शुक्रवारबाट पूजा शर्मा अभिनीत एक्सन चलचित्र  ‘दान्भी’र स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवन कथा आधारित चलचित्र  ‘आचार्य’ प्रदर्शनमा आएका छन् । दुई चलचित्रको तुलनामा चलचित्र  ‘दान्भी’ ले उत्साहजनक शो पाएको छ। रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘दान्भी’मा पूजा शर्मा केन्द्रीय भूमिकामा छिन् । यस चलचित्रमा पूजालाई एक्सन अवतारमा देख्न पाइने छ । लभ स्टोरी चलचित्रहरूमा रुचाइएकी नायिका पूजा शर्माले पहिलो पटक ‘दान्भी’ मार्फत आफूलाई एक्सन लयमा उभ्याएकी हुन् ।

उत्साहजनक शो पाएको हिसाबले पनि चलचित्रले उत्कृष्ट व्यापार गर्नेमा निर्माण पक्ष आसावादी छ । चलचित्रको प्रचार प्रसारमा पनि कुनै कमी नछाडेको निर्माण पक्षको दाबी छ । चलचित्रमा पूजाका अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ। पवन राना मगर चलचित्रका कार्यकारी निर्माता हुन् भने देव मगर र अनुप गडाल निर्माता हुन् । कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल चलचित्रका सह–निर्माता हुन् ।

चलचित्रमा सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज रेडियोग्राफी छ ।

शुक्रवारबाटै प्रदर्शनमा आएको अर्को चलचित्र हो  ‘आचार्य’ । १३ वर्ष अघि नै निर्माण भएर प्रदर्शन समेत भइसकेको चलचित्रलाई स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले पुनः  प्रदर्शनमा ल्याइएको हो । यस पटक प्रदर्शन हुने चलचित्रमा भक्तराजको निधन पश्चताका केही दृश्यहरू समेत समेटिएको बताइएको छ ।

चलचित्र प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको हो । चलचित्रमा स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको बाल्यकाल, सङ्घर्ष, सफलता र क्यान्सरका कारण जिब्रो नै काट्नु परेको परिस्थितिसम्मको कथा देखाइएको छ । चलचित्रमा भक्तराजको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले अभिनय गरेका छन् ।

सत्यराजसँगै चलचित्रमा अरुणा कार्की, सुनील पोखरेल,विपिन कार्की, दयाहाङ राई, सौगात मल्ल लगायतका कलाकारहरूको समेत विशेष भूमिका रहेको छ। रोशन राई निर्माता रहेको चलचित्रको छायाङ्कन शैलेन्द्र डी कार्कीले गरेका हुन् । चलचित्रलाई शुत्रवारबाट प्रदर्शन गर्नकै लागि देवजंग थापाले पुनः सम्पादन गरेका छन् ।

Previous Post

चलचित्र ‘शिरफूल’को प्रदर्शन मिति सर्यो , साउन १८ मा प्रदर्शन हुने

Next Post

चलचित्र ‘घरज्वाइँ’को पहिलो गीत ‘बिन्जुरी’ सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
चलचित्र ‘घरज्वाइँ’को पहिलो गीत ‘बिन्जुरी’ सार्वजनिक

चलचित्र ‘घरज्वाइँ’को पहिलो गीत ‘बिन्जुरी’ सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।