बिशेष अनलाइन । आज शुक्रबारबाट नेपाली चलचित्र ‘हिजोआजका कुरा’प्रदर्शनमा आएको छ । यस अघि प्रदर्शनमा आएका प्रेमगीत ३, बाबरी र २ नम्बरी प्रदर्शन भइरहेकै बेला चलचित्र ‘हिजोआजका कुरा’प्रदर्शनमा आएको हो ।
यस्तै वलिउड चलचित्र ‘डाक्टर जी’, ‘गडफादर’ र दक्षिण भारतीय चलचित्र ‘कन्तारा’ साथै ‘वान पिस रेड’ पनि आजै बाट रिलिज भएका छन् । ‘वान पिस रेड’ जापानमा बनेको चलचित्र हो ।
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘हिजोआजका कुरा’मा धेरैको ध्यान रहेको छ । चलचित्र नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको टेलिचलचित्र ‘हिजोआजका कुरा’ कै स्वरुपमा निर्माण गरिएको हो ।
‘हिजोआजका कुरा’ लाई साकार पन्तले निर्देशन गरेका हुन् । यो उनको डेब्यु चलचित्र हो । साकार वरिष्ठ कलाकार सन्तोष पन्तका छोरा हुन् ।
चलचित्रमा सन्तोष पन्त, दिव्यदेव, ऋचा शर्मा, रीमा विश्वकर्मा, रमा थपलिया लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।
यस्तै दक्षिण भारतीय चलचित्र ‘कन्तारा’ पनि आजैदेखि प्रदर्शनमा आएको छ । रिशव सेट्टीले निर्देशन गरेको चलचित्रमा रिशवसहित सप्तमी गोदवा र किशोर कुमार जी लगायतको मुख्य भूमिका छ ।
सलमान खान र चिरञ्जीवी स्टारर चलचित्र ‘गडफादर’ भारतमा गत साता नै रिलिज भए पनि एप्पल इन्टरटेनमेन्टले नेपालमा भने आजदेखि प्रदर्शनमा आएको हो ।
यता आयुष्मान खुराना स्टारर कमेडी ड्रामा ‘डाक्टर जी’ पनि रिलिज भएको छ । सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने चलचित्र ‘वान पिस रेड’ पनि नेपालमा भने आज बाट नै प्रदर्शनमा आएको हो ।
Discussion about this post