बिशेष अनलाइन । पछिल्लो समय धमाधम नेपाली चलचित्र निर्माण भइरहेका छन् । यसैबिच चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु गरिएको छ । काठमाडौँको धर्मस्थलीबाट चलचित्रको छायांकन सुरु गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्र देवेन्द्र पाण्डेको निर्देशन बन्न लागेको हो । सौरपानी मिडिया प्रा।लिको ब्यानरमा निर्माण लागेको ‘मानिस ठूलो दिलले हुन्छ’मा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य र सविना न्यौपाने लगायतको अभिनय फिल्ममा रहनेछ ।
निर्देशक पाण्डेले चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ सामाजिक विषयवस्तुमा रहेर निर्माण गर्न लागिएको जानकारी दिएका छन् । पाण्डेले यस अगाडि दुईओटा चलचित्र निर्देशन गरिसकेका छन् भने थुप्रै म्युजिक भिडियो निर्देशन पनि गरिसकेका छन् ।
करीब १५ दिन छायांकन सेड्युल रहेको चलचित्रको छायांकन उत्सव दाहालले गर्ने छन् भने चलचित्रको सम्पादन विकास दाहालले गर्ने छन् ।
Discussion about this post