BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

आउदो दशैमा ‘परदेशी–२’,प्रकाश सपूतको डेब्यु

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर १५, २०७८, ३:१७ मध्यान्ह
in FEATURE, चलचित्र
pardeshi 2
55
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कोरोना भाइरसको त्रास कम भएसँगै चलचित्र गतिविधि बिस्तारै बढ्न थालेका छन् । चलचित्र हलहरु खुलिसकेका छन् । राम्रा चलचित्र प्रदशैनमा आए नेपाली दर्शक पनि बिस्तारै हलमा गएर चलचित्र हेर्न थालेका छन् । ठुला ब्यानरमा निर्माण भएका चलचित्रहरुले पनि धमाधम प्रदर्शन मिति तोक्न थालेका छन् । छायांकन बिचैमा रोकेर बसेका चलचित्रहरुको पनि बिस्तारै छायांकन सुरु गरिएको छ ।

यसै बिच कोरोना भाइरसका कारण बिचमै छायांकन रोकिएर पछि पुन छायांकन गरिएको चलचित्र ‘परदेशी–२’ले आफ्नो प्रदर्शन समय तय गरेको छ । चलचित्र छायांकनको सुरुवात देखि नै दशैमा प्रदर्शन गर्ने ढिट लिएको चलचित्र अब भने आउदो दशैमा हेर्न पाइने भएको छ । सुरुमा यो चलचित्रलाई २०७७ सालको दशैंमा प्रदर्शन गर्ने बताइएको थियो । तर, कोरोना भाइरसका कारण चलचित्र छायांकन नै हुन सकेन । पछि २०७८ सालको दशैमा प्रदर्शन गर्ने बताइएको थियो । उक्त समय पनि कोरोना महामारीको लहर चलिरहेका कारण चलचित्र प्रदर्शन हुन सकेन । चलचित्र निर्माण युनिटले आउदो २०८९ को दशैमा भने चलचित्र प्रदर्शन गर्ने योजना बनाएको छ ।

चलचित्रका निर्माता तथा निर्देशक नारायण रायमाझीका अनुसार चलचित्र ‘परदेशी–२’ले दशैको कथा बोल्ने भएका कारण पनि अन्य समयमा प्रदर्शन गर्न नसकिएको हो । निर्देशक रायमाझी भन्छन्– ‘हामीले चलचित्रको कथा लेखन गर्दाको समयबाट नै दशैमा प्रदर्शन गर्ने योजना बनाएका थियौँ । कोरोनाका कारण पुर्वघोषित समयमा हामीले चलचित्र प्रदर्शन गर्न सकेनौ । दशैको कथा भएका कारण पनि अन्य समयमा चलचित्र प्रदर्शन गर्नुको औचित्य रहदैन, त्यसैले पनि आउने दशैमा चलचित्र प्रदर्शन गर्ने योजना बनाएका हौँ ।’

चलचित्र ‘परदेशी’ले राम्रो व्यापार गरेका कारण पनि चलचित्र ‘परदेशी–२’लाई अपेक्षित चलचित्रका रुपमा हेरिएको छ । लोक दोहोरीमा राम्रो छाप छाड्न सफल गायक प्रकाश सपूतले यसै चलचित्रबाट नेपाली चलचित्रमा डेव्यु गर्दैछन् । गायक सपूतको अभिनयका कारण पनि चलचित्रलाई बिशेषरुपले हेरिएको छ । प्रकाशसँगै चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देवेन्द्र बब्लू लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको द्धन्द निर्देशन, बीबी अनुरागीको संगीत तथा गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रको सम्पाद भने दीर्घ खड्काले गरेका हुन् ।

चलचित्र नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा निर्माण भएको हो । चलचित्र निर्माणमा रायमाझीलाई राजेश वंशलले साथ दिएका छन् । चलचित्र दशैमा प्रदर्शन गर्ने भनिएको भए पनि हाल सम्म मिति भने तय भइसकेको छैन । केही दिन भित्रमा मिति पनि सार्वजनिक गर्ने तयारीमा निर्माण युनिट रहेको छ ।

Tags: परदेशी–२
Previous Post

‘धुर्मुस’ ‘सुन्तली’को विवाह उत्सवमा ‘जिग्री’को ‘मायाले जीवन सजाउँ’उपहार

Next Post

राप्रपाको महामन्त्रीमा उमेद्वारी दिदै अभिनेत्री रेखा थापा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

बैशाख २४, २०८२, ५:१२ मध्यान्ह
अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

बैशाख २४, २०८२, १:४३ मध्यान्ह
Next Post
rekha thapa

राप्रपाको महामन्त्रीमा उमेद्वारी दिदै अभिनेत्री रेखा थापा

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।