बिशेष अनलाइन । प्रदेश १ मा बृहत राष्ट्रिय चलचित्र महोत्सब आयोजना गर्ने उद्देश्यका साथ चलचित्र विकास बोर्डले सरोकारवालासँग आज भेटघाट गरेको छ । पहिलो चरणमा सुनसरी र मोरङ जिल्लाका सरोकारवाला निकायका पादाधिकारीहरुसँग बोर्डले भेटघाट गरेको हो।
चलचित्र विकास बोर्डले बराहक्षेत्र नगर पालिकाका मेयर निलम खनाल, धरान उपमहानगर पालिकाका मेयर तिलक राई, सुनसरी उध्योग बाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा, होटल एसोसिएसनका अध्यक्ष सरोज भट्टराई, उध्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल लगायतलाई भेटेर छलफल अघि बढाएको छ ।
अब दोश्रो चरणमा प्रदेशका अन्य जिल्लामा पनि सरोकारवाला निकायहरुसँग भेटघाट गरिने बोर्डका अध्यक्ष दयाराम दहालले बताए । चलचित्रलाई चलायमान बनाउन महोत्सव आयोजनाको तायारी गरिएको अध्यक्ष दहालको भनाइ थियो । चलचित्र महोत्सवमा स्थानिय स्तरमा निर्माण भइ छनौटमा परेका चलचित्र प्रर्दशन गरिनेछ । चलचित्र महोत्सवको आयोजना प्रदेश १ कै गौरवको विषय भएको चलचित्र कर्मी महासङ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले बताए ।
भेटघाटमा तथा छलफलमा अध्यक्ष दयाराम दहाल सँगै बोर्ड अधिकृत प्रभाकर भटराई, निर्माता संघका सदस्य ज्योतिराज राई, निर्माता संघ प्रदेश १ का अध्यक्ष चिरञ्जीवी बस्नेत, चलचित्रकर्मी महासङ्गका अध्यक्ष अरुण प्रधान, चलचित्रकर्मी हिमाल दहाल, रबिन श्रेष्ठ, महासचिब दिनेश कोइराला, निर्देशक समाजका सदस्य भीषण राई लगायतको सहभागिता रहेको थियो ।
चलचित्र बिकास बोर्डले प्रदेश सरकार सँगै, इटहरी उपमहानगरपालिका र बिराटनगर महानगरपालिका प्रमुखसँग भेटेर समसामयिक बिषयमा छलफल गर्ने कार्यक्रम रहेको बोर्डका अधिकृत प्रभाकर भट्टराईले जानकारी दिएका छन् ।
Discussion about this post