विशेष अनलाइन । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर प्रतिक्षित नेपाली म्युजिक भिडियो ‘प्रार्थना’ भोलि बिहीबार साँझ ४ बजे सार्वजनिक हुने भएको छ। हालै सार्वजनिक गरिएको टिजर र पोस्टरले सामाजिक सञ्जालमा सकारात्मक चर्चा बटुलिरहेका बेला निर्माण पक्षले भिडियो सार्वजनिक गर्ने मिति तय गरेको हो।
भावनात्मक प्रेमकथा अभिनेत्री रोश्नी कार्की र अभिनेता प्रजल दुलालको मुख्य भूमिका रहेको ‘प्रार्थना’ एक संवेदनशील र भावनात्मक कथामा आधारित छ। यस भिडियोलाई सन्देश भुर्तेल र प्रताप नेपालीले संयुक्त रूपमा लेखन तथा निर्देशन गरेका हुन्। एक युवकको दृष्टिकोणबाट बुनिएको यो कथाले प्रेम, दूरी र आत्मबोधका तीन फरक चरणहरूलाई चित्रण गर्ने निर्देशकद्वयले बताएका छन्।
अन्डरएक्सपोज सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस भिडियोको छायांकन निरज शर्माले गरेका हुन्। भिडियोको दृश्यलाई थप सशक्त बनाउन उषा कार्कीले सम्पादन र धीरज अधिकारीले कलर ग्रेडिङको जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, प्रकाश व्यवस्थापन (ग्याफर) मा विकास गन्धर्व रहेका छन्।
विशेष प्रस्तुति र व्यवस्थापन भिडियोको दृश्यलाई जीवन्त बनाउन ज्योति बेलबासेले प्रोडक्सन डिजाइन, मनजिशा देशारले स्टाइलिस र अमिशा शाहीले मेकअप आर्टिस्टको रूपमा काम गरेका छन्। सुमित पौडेल प्रोडक्सन म्यानेजर र बिकेन कार्की लाइन प्रोड्युसरको रूपमा रहेका छन्। मधुर संगीत र गायन समीर ठकुरीको संगीत र स्वर रहेको यस गीतलाई संगीतकार समीर कार्कीले ध्वनी सम्पादन र गीत रचना गरेका हुन्।









Discussion about this post