विशेष अनलाइन । शङ्कर कोइराला निर्देशित चलचित्र ‘मोदीबेनी’ले प्रचारप्रसारलाइ तिब्रता दिएको छ । चलचित्र निर्माण टिमले दर्शकहरुलाइ बिभिन्न अफरहरु दिन थालेको छ । आगामी शुक्रबारबाट रिलिज हुने चलचित्र ‘मोदीबेनी’ ले ‘ देशभरिको बिभिन्न होटल तथा रेस्टुरेन्टहरुमा मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ ।
आन्तरिक पर्यटकका लागि प्रमुख आकर्षणमा रहेको काठमाडौँको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने टिकट मूल्यमा रु. दुई सय छुट, स्काइवाककै कम्पाउन्डमा रहेको मेक्सिकन खाना ‘बरिटो’ को लागि प्रसिद्ध बरिटो रेस्टुरेन्टमा रु. दुई सय छुट, काठमाडौँको बत्तिस पुतलीमा रहेको अतिथि रेस्ट्रोमा २० प्रतिशत छुट, सिटी सेन्टरको चौथो तल्लामा रहेको फुडकोर्टमा १५ प्रतिशत छुट तथा धुम्बाराहीमा रहेको लोकल फार्ममा रहेका सबै सामानमा १५ प्रतिशत छुट प्रदान हुनेछ ।
काठमाडौँ बाहिर इटहरीको तरहरास्थित रिजन होटेल एन्ड म्युजिक क्याफेमा २० प्रतिशत छुट , दाङको नारायणपुरस्थित भिएफएक्स सिनेमा हलमा रहेको रेस्टुरेन्टमा २० प्रतिशत, तथा नेपालगन्जका दुई रेस्टुरेन्टहरू रेड हाउस रेष्ट्रो, गुरुद्वारा रोड र कुटुम्ब क्याफे, धम्बोजीमा २० प्रतिशत छुट प्रदान हुनेछ ।
यो अफरको लागि ‘मोदीबेनी’ चलचित्र हेर्नुपर्नेछ र अनलाइन वा हलबाट काटिएको टिकट देखाएपछि छुट प्राप्त गर्न सकिने निर्माण युनिटले जनाएको छ । एउटा टिकटबाट माथि उल्लेखित सबै स्थानहरूमा एक पटकको लागि छुट प्रदान हुनेछ । यो अफर चलचित्र रिलिजको दिनदेखि एक महिना सम्मको लागि कायम रहनेछ । नेपालभर जुनसुकै हलमा काटिएको टिकट यो अफरमा मान्य हुने बताइएको छ ।
डिनेष्ट इन्टरटेनमेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेको चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजीना उप्रेती, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई लगायतको अभिनय रहेको छ । चलचित्र रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।
Discussion about this post