विशेष अनलाइन । प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको चलचित्र चलचित्र ‘एक्लो’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै तीन मिनेट को ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रको विषयवस्तुलाइ देखाउन खोजिएको छ ।ट्रेलरमा अभिनेता प्रदीप खड्का, विजय लामा अहिलेसम्मकै फरक अवतारमा देखिएका छन् भने अभिनेत्री कविता नेपाली एक्सन अवतारमा प्रस्तुत भएकी छन् ।
आगामी १७ पुस अर्थात १ जनवरी, २०२६ बाट प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बेलायती अभिनेता जेमी बेकन लगायत कलाकारहरुको अभिनय रहेको छ ।
सन् २०२५ को कान्स चलचित्र फेस्टिभलमा उपस्थिति जनाएको चलचित्रले खतरनाक भाइरसले गर्दा सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथालाइ उतारेको छ ।
एनआरएन समूहको लगानी रहेको चलचित्रको निर्मातामा प्रदीप खड्का पनि छन् । विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । यसमा रुपेश तामाङको सम्पादन, रोहित शाक्यको संगीत तथा राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ भने स्वप्निल शर्माले गीत तयार पारेका छन् ।








Discussion about this post