विशेष अनलाइन । जोन योञ्जनको निर्देशनमा बन्न लागेको चलचित्र ‘रोल नम्बर १’ को डेढ महिना लामो छायांकन सुरु भएको छ। यो चलचित्रले शिक्षाको नाममा विद्यार्थीहरूले झेल्नुपर्ने गम्भीर मनोवैज्ञानिक दबाब र सामाजिक प्रतिष्ठाको होड लाई प्रमुख विषयवस्तु बनाएको छ।
सर्वकालिन ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ का निर्माता विनोद पौडेल ले यो चलचित्र निर्माण गरिरहेका छन्, जहाँ गुञ्जन गिरी पनि निर्माताको रूपमा जोडिएका छन्। रमेश चौलागाईं यस चलचित्रका कार्यकारी निर्माता हुन्।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी रहेका छन्। निर्माण पक्षले मुख्य भूमिकामा रहने बालकलाकारहरूका लागि हालै अडिसनमार्फत प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ। चलचित्रमा महेश दवाडी को पटकथा तथा संवाद रहनेछ भने प्रशान्त शिवाकोटी को संगीत रहनेछ।
चलचित्रले विद्यार्थी जीवनको संवेदनशील पाटोलाई पर्दामा ल्याउने तयारी गरेको छ। निर्माता पौडेलले यसअघि आफ्नो आगामी चलचित्र ‘अभिमन्यु’ प्रदर्शनको तयारीमा रहेकै बेला ‘रोल नम्बर १’ को निर्माण कार्य सुरु गरेका छ्न् ।









Discussion about this post