विशेष अनलाइन । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ । सार्वजानिक २ मिनेट ३४ सेकेन्डको टिजरमा लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको कथालाइ प्रस्तुत गरिएको छ ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर र विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखु लगायत कलाकारहरुको अभिनय रहेको छ।
आगामी असोज ३ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘जारी’ को सिक्वेल हो । ‘जारी’ २०८० सालको ब्लकबस्टर चलचित्र हो । सो वर्ष चलचित्रले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।









Discussion about this post