BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मान्छे बोक्सी हुन्न कहिल्यै अभियान सहित देश दौडाहामा ‘अग्नीदहन’

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक २९, २०८१, ९:३८ बिहान
in FEATURE, चलचित्र
मान्छे बोक्सी हुन्न कहिल्यै अभियान सहित देश दौडाहामा ‘अग्नीदहन’
75
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । यति बेला चलचित्र ‘अग्नीदहन’को निर्माण युनिट कलाकार सहित देश दौडाहामा छन् । मान्छे बोक्सी हुन्न कहिल्यै अभियान सहित चलचित्र प्रचार प्रसारका लागि चलचित्र युनिट देश दौडाहामा निस्किएको थियो । बुधवार इटहरीमा पत्रकार सम्मेलन गर्दै चलचित्रका विषयमा जानकारी दिइयो । चलचित्र विशुद्ध आम नागरिकलाई मान्छे कहिले पनि बोक्सी हुँदैन भन्ने सचेत गराउने उद्देश्यले निर्माण गरिएको चलचित्रका वरिष्ठ संरक्षक मोहनराज पौडेलले  जानकारी दिए ।

चलचित्रमा अभिनय गर्ने कलाकारले समेत उदारता देखाएर बिना पारिश्रमिक अभिनय गरेको वरिष्ठ संरक्षक पौडेलको भनाई थियो । पछिल्लो समय नेपाली चलचित्रलाई दर्शकको साथ प्राप्त हुन थालेको उल्लेख गर्दै आफ्नो चलचित्रलाई पनि दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको चलचित्रका निर्देशक घनश्याम लामिछानेले बताए । पछिल्लो समय प्रदर्शनमा आएका सफल चलचित्रहरूको नाम नै लिँदै निर्देशक लामिछानेले सामाजिक कथावस्तुमा रहेर निर्माण गरिएको चलचित्र ‘अग्नीदहन’ पनि दर्शकको रोजाइमा पर्नेमा आफू विश्वस्त रहेको निर्देशक लामिछानेको भनाई थियो ।

समाजसेवा गर्न अत्यन्तै मन पर्ने बताउँदै चलचित्रका प्रमुख पात्रहरु मध्यका एक वरिष्ठ कलाकार प्रकाश घिमिरेले मान्छे बोक्सी हुन्न कहिल्यै अभियानको एउटा हिस्सा आफू पनि बन्न पाएकोमा खुसी व्यक्त गरे । ‘अग्नीदहन’सबै नेपालीले हेर्नै पर्ने सामाजिक चलचित्र रहेको कलाकार घिमिरेको भनाई थियो । चलचित्रमा रहेको आफ्नो भूमिकाका विषयमा बताउँदै कलाकार प्रमीला ताम्राकार तुलाचनले आफू चलचित्रमा एक पीडित महिलाको भूमिकामा प्रस्तुत भएको उल्लेख गरिन् । कस्ता मानिसलाई समाजले बोक्सीको आरोप लगाउँछ र वास्तविकता के हुन्छ भन्ने कुरालाई चलचित्रले उत्कृष्ट शैलीमा प्रस्तुत गरेको उल्लेख गरिन् ।

तराईका क्षेत्रमा यस्तो कुप्रथा धेरै हुने गरेको कुरालाई मध्यनजर गर्दै तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत चलचित्रको डबिङ गरिएको छ भने अङ्ग्रेजी भाषामा समेत सबटाइटल गरिएको छ । चलचित्र ‘अग्नीदहन’को कथा, पटकथा र संवाद लोकमणि पौडेलले लेखेका हुन् । चलचित्रमा वरिष्ठ कलाकार प्रकाश घिमिरे,प्रमीला तुलाचानका अलावा माओत्से गुरुङ, मोहनराज पौडेल,अनुपमा भण्डारी,तुलसी क्षेत्री,विष्णु बास्तोला लगायतको अभिनय रहेको छ ।

चलचित्र युनिट पोखराबाट, बुटवल, चितवन, हेटौडा हुँदै पूर्व आएको हो । सुनसरीको इटहरी पछि विराटनगर,दमक बिर्तामोडका पत्रकार भेटघाट गरी काठामाण्डौ लाग्ने कार्य तालिका रहेको चलचित्रका निर्देशक लामिछानेले जानकारी दिएका छन् ।

Previous Post

निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध प्रहरीमा उजुरी

Next Post

‘अगस्त्य’ शुक्रबारदेखि ओटीटी प्लाटफर्ममा रिलिज हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चैत्र १, २०८२, १०:०६ बिहान
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
Next Post
‘अगस्त्य’ शुक्रबारदेखि ओटीटी प्लाटफर्ममा रिलिज हुने

‘अगस्त्य’ शुक्रबारदेखि ओटीटी प्लाटफर्ममा रिलिज हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

by विशेष अनलाइन
चैत्र १, २०८२, १०:०६ बिहान
0

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।