विशेष अनलाइन । चलचित्र निर्माता तथा निर्देशक सन्तोष सेनले ‘साइबर सेना’ शब्द प्रति आपत्ति जनाएका छन् । उनले बुधवार एक भिडियो आफ्नो फेसबुकमा पोस्ट गर्दै आफूलाई ‘साइबर सेना’ प्रमाणित गर्न भनेका छन् । ‘प्रकाश दाइलाई भन्ने मान्छे र दीपक दाइलाई सुनाउने मान्छेलाई उभ्याउनुपर्यो । सोही व्यक्ति मार्फत आरोपको जड सम्म पुग्नुपर्यो’, सेनले भनेका छन् ।
केही दिन अगाडि एपीवान टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा प्रकाश सुवेदीले निर्माता तथा कलाकार दीपकराज गिरीलाई उक्त प्रश्न गरेका थिए । सोही प्रश्न र उक्त प्रश्नबाट आएको जवाफप्रति निर्माता सेनले आपत्ति जनाएका छन् । आफ्नो कार्यक्रममा बोलाएका सुवेदीले निर्माता दीपकराज गिरीलाई निर्देशक तथा निर्माता सन्तोष सेनको तस्बिर देखाउँदै कुन रूपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए । प्रश्नको जवाफ समेत आफैँले दिँदै सुवेदी ‘कमान्डर ‘ शब्द प्रयोग गरेका थिए ।
सेनले आफूलाई साइबर सेनाको कमान्डर भएको आरोप लागेपछि त्यसले निकै तनाव भएको र डिप्रेसनको सिकार बन्न बाध्य बनाएको बताए । सेनले भिडियोमा भनेका छन्, ‘मैले साइबर सेना शब्दलाई सुरुमा नर्मल नै लिए । तर, यही कुरालाई लिएर थुप्रै मेसेजहरू आएपछि म बोल्न बाध्य भएँ’।
आफूबाट यो काम भएको रहेछ भने जेल जान तयार रहेको भन्दै सेनले निर्माता दीपकराज र प्रकाश सुवेदीलाई बिना प्रमाण लाञ्छना नलगाउन चेतावनी दिएका हुन् । सेनले भनेका छन्, ‘जसले उहाँहरूलाई यो कुरा भन्यो त्यसलाई कारबाही हुनुपर्छ । यदि मैले गरेको हो भने मलाई थुन्नुपर्यो‘, निर्माता सेनले भनेका छन् ।
Discussion about this post