इटहरी / नेपालकै पहिलो अभिनेत्री भुवन चन्दले नेपाली चलचित्र निर्माण चुनौतिपुर्ण रहेको बताएकी छन् । नेपाली दर्शकले कस्तो चलचित्र हेर्न चाहान्छन् भन्ने आँकलन गर्न नै मुस्किल हुने गरेको चन्दको भनाइ थियो ।
मैले पनि चलचित्र निर्माण गरेँ अहिलेका युवापुस्ता देखी आफ्नो समयका पुस्तासम्मको कथालाई समेटेर चलचित्र निर्माण गर्दा पनि आफु असफल भएको अभिनेत्री चन्दको भनाई थियो ।
हाम्रो पालामा जति लामो कपडा लगायो त्यती राम्रो मानिन्थ्यो तर अहिले त्यसको ठिक उल्टो समय आएको छ, जती छोटो कपाडा लगायो त्यती राम्रो हुन्छ भन्नेहरुको बाहुल्यता बढेको छ, अभिनेत्री चन्दले भनिन् । समय सन्दर्भको अध्ययन गरेर आफु पुन अर्को चलचित्र निर्माणको तायारीमा लाग्ने अभिनेत्री चन्दको भनाइ थियो ।
यस अघि अभिनेत्री चन्दले चलचित्र साइनो निर्माण गरेकी थिइन् । उक्त चलचित्रले अपेक्षाकृत व्यापार गर्न नसकेको अभिनेत्री चन्दले स्विकार गरेकी छन् ।
Discussion about this post