बिशेष अनलाइन । संगितले सस्कृति भन्दैन, संगितले धर्म भन्दैन, संगितले जातभात भन्दैन, संगितले राजनिति भन्दैन । तर, संगित आफैमा सबैको पृय हुन्छ । हरेक क्षेत्रमा रहेका बिभिन्न ब्यक्तित्वहरु पनि संगितमा झुकाव राख्ने गर्छन ।
यसै बिच शैक्षिक क्षेत्रमा लामो अनुभव बटुलिसकेका इटहरीका हरी आचार्यको शब्द तथा निर्माणमा सम्पन्न म्युजिक भिडियो इटहरीमा सार्वजनिक गरिएको छ । म्युजिक भिडियो प्रदेश १ का सामाजिक बिकास मन्त्री जयराम यादवले सार्वजनिक गरेका हुन् । म्यजिक भिडियो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आफु गितसंगितको पारखी भएको उल्लेख गरे । प्रदेश १ मा रहेका कला र संस्कृतिहरुलाई उजागर गर्न मन्त्रालय हरदम तयार रहेको मन्त्री यादवको भनाइ थियो ।
संगित साधना प्रतिष्ठान नेपाल इटहरीका महासचिव राजु केसीले पुर्वमा यसप्रकारका म्युजिक भिडियोहरु निर्माण हुनु सबैको गौरब भएको उल्लेख गरेका थिए । आफुलाई गितसंगितमा लामो समय देखि नै झुकाव रहेको उल्लेख गर्दै गितका रचनाकार तथा निर्माता हरी आचार्यले आउदा दिनमा कला र मनोरञ्जनका क्षेत्रमा कृयाशिल रहने बताए । उनले चलचित्र निर्माणको तयरी गरिरहेको समेत जानकारी गराएका थिए ।
यता म्युजिक भिडियोका मुख्य कलाकार माधव केसीले प्रदेश १ मा रहेर लामो समय संघर्ष गरेको अनुभव यस म्युजिक भिडियोमा ब्यक्त गरेको बताए ।
“किन दुख्छ मुटु” बोलको उक्त गितको संगित नविन कार्कीले गरेका हुन भने गितमा नेपालकै लोकप्रिय गायिका अन्जु पन्तले स्वर दिएकी छन् । गितको भिडियोमा माधव केसी संगै लेजिना सुवेदी, सिम्रन कार्की, बाल कलाकारहरु हेस्परस आचार्य,संचित भट्टराई सँगै गितकार हरी आचार्यले पनि अभिनय गरेका छन् । फिल्मी शैलिमा निर्माण गरिएको उक्त म्युजिक भिडियो निर्देशन सफल चलचित्र निर्देशक नवल नेपालले गरेका हुन् ।
सम्पत्तीका कारण माया प्रेममा आइपरेको उतार चडापलाई म्युजिक भिडियोमा उत्कृष्ट शैलिमा प्रस्तुत गरिएको छ । इटहरी आसपासमा छायांकन गरिएको भिडियोलाई मदन कास्यप घिमिरेले खिचेका हुन् भने भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् ।
Discussion about this post