बिशेष अनलाइन । समय समयमा बिवादित भइरहने गायक तथा मोडल हुन् दुर्गेश थापा । उनले सार्वजनिक गरेका गित संगीतकै कारण उनी बिवादमा परिरहन्छन् । पछिल्लो समय ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ बोलको गित सार्वजनिक गरेपछि उनी बिवादमा तानिएका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठानले उनलाई सार्वजनिक बाहिस्कारको निर्णय गरेको छ । उनलाई गित सार्वजनिक गर्नुभन्दा पहिले नै उक्त गित सार्वजनिक नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानले आग्रह गरेको भएपनि दुर्गेशले प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै गीत सार्वजनिक गरेको लोक तथा दोहोरी गीत प्रतिष्ठानको भनाई छ ।
दुर्गेशको गीतले आफूहरुको अपमान भएको भन्दै महिला समूहहरुले समेत आपत्ति जनाएका छन् । उनीहरुले प्रहरीमा उजुरी दिने तयारी गरेको समेत बताइएको छ । पटक पटकको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले अटेर गरेर पैसा र चर्चाका लागि एक पछि अर्को विकृत गीत ल्याउने गरेको प्रतिष्ठानको भनाई छ ।
यता दुर्गेशले भने लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफुलाई पक्षपात गरेको आरोप लगाएका छन् । यस भन्दा पहिले प्रतिष्ठानमै संवद्ध ब्यक्तित्वहरुका बिभिन्न गितले कला, संस्कृतिमाथि प्रहार गरेको कसैले नदेखेको तर अहिले आफ्नो सामान्य गितलाई नभएको आरोप लगाएको दुर्गेशको भनाइ छ । दुर्गेश प्रतिष्ठानले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको गुनासो गरेका छन् ।
‘गाउँतिर ख्यास्स भन्नाले बल्ल खाइस् भन्ने अर्थ बुझिन्छ । प्रतिष्ठानले समाजमा चलन चल्तिमा रहेको शब्दलाई अश्लिल परिभाषित गरेर अर्को शब्दकोष खडा गर्न लागेको आरोप उनले लगाएका छन् । प्रतिष्ठानकै अग्रजहरुले बिभिन्न समयमा अपाच्य गीत ल्याउँदा स्विकार्य भएको तर आफ्नो सामान्य गित पनि उहाँहरुलाई अपाच्य भएको सुन्दा अचम्म लागेको छ दुर्गेशले भने ।
‘यदी गितसंगीतमा नियाम कानुन छ भने त्यो सबैका लागि एउटै हुनुपर्छ । कसैलाई लाखा कसैलाई पाखा गर्न पाइदैन । वाहाँहरुले बाहिस्कार गर्नुभयो भन्ने सुनेको छु । मेरो गित हेर्नैपर्छ भनेर मैले कर लगाएको छैन । महत्वपुर्ण कुरा लोक तथा दोहोरी गीत प्रतिष्ठान एउटा संस्था हो अदालत हैन’ उनले भनेका छन् ।
Discussion about this post