विशेष अनलाइन । गायक समीर ठकुरीले नयाँ वर्ष २०२६ को अवसर पारेर आफ्नो पछिल्लो सांगीतिक सिर्जना ‘प्रार्थना’ सार्वजनिक गरेका छन्। वियोग र सम्झनाका भावहरूलाई समेटिएको यो गीत नयाँ वर्षकै दिन समीर ठकुरीको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको हो।
शब्द र संगीतको सन्तुलन मर्मस्पर्शी शब्दहरूले भरिएको यस गीतमा प्रेम र प्रतीक्षालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। अभिनेत्री रोश्नी कार्की र अभिनेता प्रजल दुलालको मुख्य भूमिका रहेको गीतले बितेका पलहरू र छुटिएर गएका मानिसहरूलाई पुनः भेट्ने तीव्र इच्छालाई ‘प्रार्थना’ का रूपमा व्यक्त गरेको छ। “जिन्दगी त केवल दुई दिनको रैछ, त्यही दुई दिन पनि तिमी आउनु” जस्ता हरफहरूले जीवनको नश्वरता र प्रेमको महत्वलाई उजागर गरेका छन्।
सन्देश भुर्तेल र प्रताप नेपालीले संयुक्त रूपमा लेखन तथा निर्देशन गरेको म्युजिक भिडियोमा गीतको भाव अनुसारको दृश्य संयोजन गरिएको छ। फूल, हावा र यादहरूलाई विम्बको रूपमा प्रयोग गर्दै भिडियोलाई कलात्मक बनाइएको छ। नयाँ वर्षको सुरुवातमा आफ्ना श्रोताहरूका लागि फरक स्वाद दिने उद्देश्यले यो गीत बजारमा ल्याइएको गायक ठकुरीले बताएका छन्।
अन्डरएक्सपोज सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस भिडियोको छायांकन निरज शर्माले गरेका हुन्। भिडियोको दृश्यलाई थप सशक्त बनाउन उषा कार्कीले सम्पादन र धीरज अधिकारीले कलर ग्रेडिङको जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, प्रकाश व्यवस्थापन (ग्याफर) मा विकास गन्धर्व रहेका छन्।
विशेष प्रस्तुति र व्यवस्थापन भिडियोको दृश्यलाई जीवन्त बनाउन ज्योति बेलबासेले प्रोडक्सन डिजाइन, मनजिशा देशारले स्टाइलिस र अमिशा शाहीले मेकअप आर्टिस्टको रूपमा काम गरेका छन्। सुमित पौडेल प्रोडक्सन म्यानेजर र बिकेन कार्की लाइन प्रोड्युसरको रूपमा रहेका छन्। गीतलाई संगीतकार समीर कार्कीले ध्वनी सम्पादन र गीत रचना गरेका हुन्।








Discussion about this post