विशेष अनलाइन । कलाकारिता क्षेत्रमा निकै चासो राख्ने गर्छन् इटहरीका सुरेश कार्की । नेपाली कलाकारले सामाजिक सञ्जालमा गरेका विभिन्न पोस्टहरूमा सायदै सुरेशको कमेन्ट नभेटिएको पोस्ट हुँदैन ।
उनी हरेका कलाकारको पोस्टमा कमेन्ट गर्छन्, त्यो पनि कलात्मक शैलीमा । धेरैले सामान्यरुपमा लिए पनि सुरेशले भने आफू भित्र भएको कलाकारिताको भोकलाई पोख्ने र अझै आफूलाई पोख्त बनाउँदै लानका लागि उक्त उपाय अपनाएको बत्ताउँछन् ।
कतिपय कलाकारहरूसँग कमेन्ट गरेकै कारण भेट हुँदा दोहोरो संवाद गर्ने अवसर प्राप्त गरेको सुरेश बत्ताउँछन् । आफूलाई सुप्पर सुरेश भन्न रुचाउने उनी पेसाले सरकारी कर्मचारी हुन् । उनै सुरेश अब रेश्मा बोलको गीतका साथ दर्शकसामु आउँदै छन् । उनले केही समय अघि मात्र उक्त रेकर्ड गराएका छन् ।
रेश्मा बोलको गीतमा एक समयका चर्चित कमेडियन गायक प्रकाश ओझाको समेत स्वर रहेको छ । गीतमा शब्द र सङ्गीत कार्की आफैले दिएका छन् भने काठमाडौँको स्टुडियो ७ मा गीत रेकर्ड गराएका छन् ।
सानैदेखि गीतसङ्गीतमा तीव्र रुचि राख्ने सुरेशको उक्त गीतको म्युजिक भिडियो भदौ १ गते सार्वजनिक हुने बताइएको छ ।
Discussion about this post