विशेष अनलाइन । चलचित्रको कार्यक्रमका लागि चलचित्र विकास बोर्डले निःशुल्क हल उपलब्ध गराउने भएको छ । नेपाली चलचित्रको प्रेस मिट, गीत रिलिज र ट्रेलर रिलिजका लागिबोर्डले प्रति कार्यक्रम २ घण्टा निःशुल्क हल उपलब्ध गराउने भएको हो ।
चलचित्र विकास बोर्ड सदस्य रवि अधिकारीले बोर्ड अध्यक्षमा दिनेश डिसी आएपछि चलचित्रको कार्यक्रमका लागि निःशुल्क हल उपलब्ध गराउने निर्णय भएको बताए ।
अधिकारि भन्छन् , ‘विकास बोर्ड चलचित्रको विकास बिस्तारका लागि गठित संस्था हो । चलचित्रको कार्यक्रममा बोर्ड हल दिनु हाम्रो पनि दाइत्व हो । बोर्डको हल २ घण्टा भन्दा बढी प्रयोग भएमा भने नियम अनुसार शुल्क तिर्नुपर्ने हुन्छ ।’
Discussion about this post