बिशेष अनलाइन । मुम्बई क्राइम ब्रान्चले बिभिन्न प्रमाणहरु फेला पारेपछि पो र्न भिडियो प्रकरणमा फसेका राज कुन्द्रा थप समस्यामा फसेका छन् । बलिउडका बिभिन्न व्यक्तित्वहरुले उनी प्रति आक्रोस पोखिरहेका छन् । यसैबिच भारतकी चर्चित युट्युबर पुनित कौरले ‘ह्वाट्स एप’ का लागि भिडियो सुट गर्न भन्दै आफुलाइ म्यासेज गरेको खुलासा गरेकी छिन् ।
यी युट्युबर पुनित कौरले आफ्नो इन्स्टाग्राम स्टोरी मार्फत भेरिफाईड डिएम भिडियोमा राजले ह्वाट्स एपका लागि काम गर्ने अफर आफुलाई दिएको बताएकी छन् । पुनितले इन्स्टाग्राममा स्टोरीमा लेख्दै राजको खुलासाबाट आफु हैरान भएको बताएकी छन् ।
उनले भनेकी छन् “म राजको अहिलेको खुलासा देखेर हैरान भएको छु ।’ यी मानिसले अरुलाई फसाइरहेका थिए । युवतीहरुलाई लालच देखाउँथें, जब उनले मलाई म्यासेज गरेका थिए, तब पहिले त मलाई त्यो स्पा’म हो भन्ने लागेको थियो। भगवान्, यो मानिस जेलमै सडोस्।’
बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रलाई मुम्बई पुलिसले पो र्न भिडियो बनाउने र सार्वजनिक गर्ने गरेको आरोपमा पक्राउ गरेको छ । मुम्बइ क्राइम ब्रान्चका अनुसार राजविरुद्ध गएको फेब्रुअरीमा केस दर्ता गरिएको थियो ।
राजले पोर्न फिल्म उद्योगमा ८ देखि १० करोड रुपैयाँ लगानी गरेका थिए । गिरफ्तारीपछि उनका केही ह्वाट्सएप च्याट सार्वजनिक भएका छन् । सार्वजनिक भएका च्याटबाट राजले पो र्न फिल्म बनाउने कारोबारबाट ठूलो कमाइ गरेको खुलासा भएको छ ।
Discussion about this post