BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home चलचित्र

सलमानको बडी डबल बनेर चर्चामा आए परवेज काजी

AdmonBO by AdmonBO
जेष्ठ ५, २०७८, १२:२२ मध्यान्ह
in चलचित्र
सलमानको बडी डबल बनेर चर्चामा आए परवेज काजी
77
SHARES
Share on FacebookShare on Twitter

सलमान खान स्टारर रिलिज फिल्म राधे, पछिल्लो केही दिनदेखि सोसल मिडियामा चर्चामा छ । सलमानको यो फिल्ममा बडी डबलको पनि प्रयोग गरिएको छ । सलमानका बडी डबल परवेज काजीले सोसल मिडियामा सलमानसँग सेटका केही तस्बिर सेयर गरेका छन् ।

परवेज काजी सलमान जस्तै देखिने भएकाले निकै चर्चित छन् । थुप्रै फिल्ममा उनले सलमान खानको बडी डबलको भूमिका निभाइसकेका छन् । हालै परवेजले सोसल मिडियामा सलमानसँग मिल्दोजुल्दो पहिरन लगाएको तस्बिर सेयर गरेका छन् । परवेजको यी तस्बिरलाई सलमानका प्रशंसकले निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् । स्मरण रहोस्, परवेज मुम्बईको मीरा रोडका बासिन्दा हुन् । उनी पछिल्लो सात वर्षदेखि सलमानसँग काम गरिरहेका छन् । परवेजको पहिलो फिल्म ‘प्रेम रतन धन पायो’ थियो ।

आफ्नो पछिल्लो फिल्म राधेको सुटिङ अभिनयबारे कुरा गर्दै परवेज भन्छन्, ‘राधेको सुटिङ भगवानको कृपाले निकै राम्रो रह्यो । मलाई निकै राम्रो लाग्छ कि म सलमान खानसँग काम गर्छु र उहाँले सधैं मलाई मौका दिनुहुन्छ । म त उहाँसँग काम गर्न पाउँदा निकै दङ्ग हुन्छु ।’

‘म भगवानप्रति असाध्यै कृतज्ञ छु कि उहाँले मलाई सलमान खानजस्तो व्यक्तिको झलक दिनुभएको छ । जता जान्छु, मलाई मानिसहरुले निकै सकारात्मक प्रतिक्रिया दिनुहुन्छ । उनीहरु टाढाबाट मलाई देखेर थोरै अल्मलिनुहुन्छ । विमानस्थल वा सार्वजनिक स्थलमा जब जान्छु तब मानिसहरुले मलाई एकपटक फर्किएर पक्कै पनि हेर्नुहुन्छ । कहिलेकाँही त मलाई असाध्यै लाज लाग्छ किनभने उहाँ यति सुन्दर हुनुहुन्छ, म त उहाँको १० प्रतिशत पनि छैन । यति ठूला सुपरस्टार, उहाँको जति तारिफ गर्दा पनि कम हुन्छ ।’

‘सलमानसँग काम गरेको सातदेखि आठ वर्ष पुगिसकेको छ । उहाँले मलाई पहिलो दिनदेखि नै मन पराउनुभएको हो । कहिलेकाँही त हँसी मजाक पनि गर्नुहुन्छ । एकपटक सरले भन्नुभएको थियो, ‘यार परवेज, एउटा कुरा भन त, म जतिबेला ऐना हेर्छु तब म सोच्छु कि तिमी मजस्तो देखिन्छौ कि म तिमीजस्तो देखिन्छु ।’ उहाँले थुप्रै अन्तरवार्तामा मेरो बारे कुरा गर्नुभएको छ । यो उहाँको महानता हो ।’

परवेज आफैं पनि सलमान खानका निकै ठूला प्रशंसक हुन् । उनले थुप्रै फिल्ममा सलमान खानको बडी डबलको रुपमा काम गरेका छन् । यसमा दबंग थ्री, भारत, रेस थ्री, टाइगर जिन्दा हे र प्रेम रतन धन पायोजस्ता फिल्म समावेश छन् ।

उनले थपे, ‘आजभन्दा सात–आठ वर्ष अघि म बान्द्रामा साधारण जागिर खान्थे । ब्रान्ड मर्चेन्डाइजिङको काम थियो, म सधैं मीरा रोडबाट ट्रेनबाट अफिस जान्थेँ । १३ वर्षको उमेर देखि नै मेरो कद सलमान खानजस्तै भएका कारण मानिसहरुले मलाई सल्लू भाइ भनेर बोलाउँथे । म पछि पनि सलमान खानजस्तै देखिन थाले । मेरो तस्बिर देखेर नै कोओर्डिनेटर टिमले बोलाएको थियो ।’

‘मेरो पहिलो फिल्म प्रेम रतन धन पायो थियो । उहाँसँग मेरो पहिलो भेट निकै अविस्मरणीय रह्यो । म निकै बच्चा जस्तै थिएँ । उहाँले पहिलो दिन नै मलाई भन्नुभएको थियो, ‘बेटा, तिमीले आफ्नो बडीमा मात्रै ध्यान दिनु । म जहाँ जान्छु, मसँगै हिँड्नु ।’ मानिसहरु निकै टाढाटाढा बसेर सलमान खानको एउटा झलकको प्रतीक्षा गर्छन्, त्यहाँ भगवानले मेरो दानापानीको माध्यम बनाइदिनुभयो । म उहाँसँगै बस्छु । मैले कहिल्यै सोचेको थिइनँ कि म कहिल्यै यस्तो गर्नेछु । कामको सुरुवातमा त विश्वास नै लाग्दैन थियो । सरले जे खानुहुन्छ त्यो मलाई पनि खुवाउनु हुन्छ । यो सबै परिकथाजस्तो थियो ।’

‘मेरो परिवारमा मेरी आमा र पिता छन् । मेरो विवाह भइसकेको छ र एक छोरी पनि छिन् । साथै दुई बहिनी पनि छन् । जब बान्द्रामा काम गर्दथेँ तब १५ देखि २० हजार सम्मको तलब पाउँथे । यहाँ धेरै नै पैसा कमाइन्छ । भगवानको कृपा हो, आठदेखि १० गुणा बढी कमाउँछु । परिवारका सदस्य खुसी हुनुहुन्छ । म सलमान सरको गुण कहिल्यै बिर्सन सक्दिनँ ।’

Tags: चलचित्रसलमान खान
Previous Post

एक सातामै कंगनाले जितिन् कोरोना

Next Post

अस्पताललाई धुर्मुसको ५० थान अक्सिजन सहयोग

AdmonBO

AdmonBO

Related Posts

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
Next Post
sitaram kattel

अस्पताललाई धुर्मुसको ५० थान अक्सिजन सहयोग

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।